शनिबारको विशेष प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न
6 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख २१ गते । विगत दुई वर्षदेखि प्रत्येक शनिबार साँझ ६ देखि ७ बजेसम्म जनकपुरधामको स्टेशन नजिकै रहेको ऐतिहासिक हनुमान मन्दिरमा नियमित रूपमा आयोजना हुँदै आएको प्रसाद वितरण कार्यक्रम आज विशेष रूपमा सम्पन्न भएको छ।
वार्ड नम्बर १ का निवर्तमान वडाध्यक्ष सत्रुधन साहको अगुवाइमा संचालन हुँदै आएको यो सेवा कार्यक्रम राजीव ठाकुर, निरञ्जन यादव, राजकुमार ठाकुर, राम भगत यादव, लक्ष्मण यादव लगायतको सक्रिय टोलीको समर्पणबाट एकल लगानीमा निरन्तर सञ्चालन हुँदै आएको हो।
कोभिड महामारीको समयमा पनि सोही स्थानमा महिनौंसम्म सत्रुधन साहको नेतृत्वमा निशुल्क खाना वितरण शिविर सञ्चालन गरिएको थियो।
आजको विशेष कार्यक्रममा क्लोथ बैंक नेपालका अध्यक्ष तथा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता राजीव झालाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। उहाँ बिगत ७ बर्ष देखि जनकपुरधाममै निशुल्क नयाँ कपडा वितरण अभियान सञ्चालन गर्दै आइरहनु भएको छ। त्यस्तै, बाल अभियानी आदित्य झा पनि अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको शुभारम्भ मन्त्रोच्चारण र दीप प्रज्वलनबाट गरिएको थियो। समापनमा अतिथिहरूले सामाजिक सेवाको महत्वलाई प्रकाश पार्दै यस्ता कार्यहरू समुदायको गौरवको रूपमा स्वीकार गरिनुपर्ने धारणा राखे।
दर्जनौं स्थानीय भक्तजनको सहभागिता रहेको कार्यक्रममा संयोजक सत्रुधन साहले सेवा कार्यलाई अझ व्यापक बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
19 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
19 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले