शनिबारको विशेष प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख २१ गते । विगत दुई वर्षदेखि प्रत्येक शनिबार साँझ ६ देखि ७ बजेसम्म जनकपुरधामको स्टेशन नजिकै रहेको ऐतिहासिक हनुमान मन्दिरमा नियमित रूपमा आयोजना हुँदै आएको प्रसाद वितरण कार्यक्रम आज विशेष रूपमा सम्पन्न भएको छ।
वार्ड नम्बर १ का निवर्तमान वडाध्यक्ष सत्रुधन साहको अगुवाइमा संचालन हुँदै आएको यो सेवा कार्यक्रम राजीव ठाकुर, निरञ्जन यादव, राजकुमार ठाकुर, राम भगत यादव, लक्ष्मण यादव लगायतको सक्रिय टोलीको समर्पणबाट एकल लगानीमा निरन्तर सञ्चालन हुँदै आएको हो।
कोभिड महामारीको समयमा पनि सोही स्थानमा महिनौंसम्म सत्रुधन साहको नेतृत्वमा निशुल्क खाना वितरण शिविर सञ्चालन गरिएको थियो।
आजको विशेष कार्यक्रममा क्लोथ बैंक नेपालका अध्यक्ष तथा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता राजीव झालाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। उहाँ बिगत ७ बर्ष देखि जनकपुरधाममै निशुल्क नयाँ कपडा वितरण अभियान सञ्चालन गर्दै आइरहनु भएको छ। त्यस्तै, बाल अभियानी आदित्य झा पनि अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको शुभारम्भ मन्त्रोच्चारण र दीप प्रज्वलनबाट गरिएको थियो। समापनमा अतिथिहरूले सामाजिक सेवाको महत्वलाई प्रकाश पार्दै यस्ता कार्यहरू समुदायको गौरवको रूपमा स्वीकार गरिनुपर्ने धारणा राखे।
दर्जनौं स्थानीय भक्तजनको सहभागिता रहेको कार्यक्रममा संयोजक सत्रुधन साहले सेवा कार्यलाई अझ व्यापक बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
22 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
22 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले