आधारभूत विद्यालय ठिल्ला यदुवामा भर्ना अभियान प्रारम्भ
6 महीना पहिले प्रकाशित
Esandhyakalin
किशोर मंडल
जनकपुरधाम, वैशाख २२ गते । सबैला, ८ – मिति २०८२ साल वैशाख २२ गते, विहान ७ बजे देखि सबैला नगरपालिका–८ स्थित आधारभूत विद्यालय ठिल्ला यदुवा मा नयाँ शैक्षिक सत्र २०८१/८२ को अवसरमा भर्ना अभियानको औपचारिक सुरुवात गरियो। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ देशभर सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियान अन्तर्गत विद्यालयले विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको दायरामा ल्याउने उद्देश्य राखेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्री दिनेश कुमार राय ले गर्नुभयो। अभियानमा शिक्षकहरू वीरेन्द्र साह, राम उदगार राउत, किशोर मंडल, निर्मला कापर, गीता देवी साह र सुनिल राय लगायत अन्य शिक्षक-शिक्षिकाहरूले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। अभियानका क्रममा स्थानीय अभिभावकहरूलाई विद्यालयको शैक्षिक वातावरण, उपलब्ध स्रोतसाधन र बालमैत्री शिक्षण प्रक्रियाबारे जानकारी गराइएको थियो। विद्यालय प्रशासनले बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै समावेशी र गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
19 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
19 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले