आधारभूत विद्यालय ठिल्ला यदुवामा भर्ना अभियान प्रारम्भ
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
किशोर मंडल
जनकपुरधाम, वैशाख २२ गते । सबैला, ८ – मिति २०८२ साल वैशाख २२ गते, विहान ७ बजे देखि सबैला नगरपालिका–८ स्थित आधारभूत विद्यालय ठिल्ला यदुवा मा नयाँ शैक्षिक सत्र २०८१/८२ को अवसरमा भर्ना अभियानको औपचारिक सुरुवात गरियो। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ देशभर सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियान अन्तर्गत विद्यालयले विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको दायरामा ल्याउने उद्देश्य राखेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक श्री दिनेश कुमार राय ले गर्नुभयो। अभियानमा शिक्षकहरू वीरेन्द्र साह, राम उदगार राउत, किशोर मंडल, निर्मला कापर, गीता देवी साह र सुनिल राय लगायत अन्य शिक्षक-शिक्षिकाहरूले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। अभियानका क्रममा स्थानीय अभिभावकहरूलाई विद्यालयको शैक्षिक वातावरण, उपलब्ध स्रोतसाधन र बालमैत्री शिक्षण प्रक्रियाबारे जानकारी गराइएको थियो। विद्यालय प्रशासनले बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै समावेशी र गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
20 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
20 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले