एमाले धनुषा अधिवेशनमा झडप, रड प्रहारबाट तीन जनाको टाउको फुट्यो
6 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख २३ गते । नेकपा एमाले जिल्ला अधिवेशनमा पुनः झडप भएको छ । झडपमा केही एमाले कार्यकर्ता घाइते भएका छन् । एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच झडप भएको हो । झडपका क्रममा एक अर्कालाई रड प्रहार गरेका हुन् ।रड प्रहारबाट राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ । अन्य कैयौं कार्यकर्तालाई सामान्य चोट लागेको छ । अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि त्यहाँको अवस्था तनावग्रस्त छ ।
विधान विपरीत परेको उम्मेदवारी खारेज गरेर शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडी बढाउनुपर्ने अरगरिया पक्षको अडान थियो । तर रघुवीर समूहले उम्मेदवारी खारेज गराउन नहुने भन्दै तोडफोडमा उत्रेपछि झडप भएको अधिवेशन प्रतिनिधिहरु बताउँछन् ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनको सभाहलभित्र सुरुमा कुटाकुट भएको थियो । कुटाकुटपछि अरगरिया समूह भित्रै धर्ना बसेका थिए भने रघुवीर समूह बाहिर प्रदर्शन गरिरहे ।
कुटाकुटपछि दुबै पक्षका नेताहरु छलफलमा बसेका बेला बाहिर पुनः झडप भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए । उनले भने, ‘भित्रबाट बाहिर निस्किने वित्तिकै हाम्रो पक्षका कार्यकर्तालाई कुट्न थालेको छ ।’
उनका अनुसार आजको लागि मतदान प्रक्रिया स्थगित भएको छ ।

साभार : नेपाल प्रेस
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
19 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
19 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले