Janakpurdham
Wed, Oct 14, 2026
`

बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्ध

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्थायी पुल बगाएपछि हुलाकी राजमार्ग अबरुद्ध बनेको हो । सोमबार राति सिरहा र धनुषा साथै पहाडमा भारी वर्षा भएपछि बाढी आएको हो ।

आज विहान आएको बाढीले अस्थायी बाँसको पुल बगाएपछि आवत-जावत पूर्णरुपमा बन्द भएको सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजीत यादवले जानकारी दिए । उनका अनुसार अस्थायी पुल सिरहा नगरपालिकाले बनाएको थियो ।

कमला नदीमा पुल निर्माण भएर उद्घाटनको तयारी भइरहँदा ०७८ असारमा भासिएको थियो । तीनवटा पिलर भासिएपछि पुल काम नलाग्ने भएको छ ।ठेकेदार कम्पनीले भासिएको पिलरको स्थानमा अर्को पिलर राखेर पुल सञ्चालनमा ल्याउने सम्झौता गरेपनि काम भएको छैन । पुल सञ्चालनमा नआएपछि सिरहा नगरपालिकाले बनाएको अस्थायी पुलबाट मानिसहरु आवत-जावत गर्दै आएका थिए ।तर, काम चलाउ अस्थायी पुल पनि बाढीले बगाएपछि आवत-जावत पूर्णरुपमा बन्द भएको छ । आवत-जावत बन्द भएपछि यात्रुहरु मारमा परेका छन् ।


साभार : नेपाल प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

20 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

20 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले