बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्ध
6 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्थायी पुल बगाएपछि हुलाकी राजमार्ग अबरुद्ध बनेको हो । सोमबार राति सिरहा र धनुषा साथै पहाडमा भारी वर्षा भएपछि बाढी आएको हो ।
आज विहान आएको बाढीले अस्थायी बाँसको पुल बगाएपछि आवत-जावत पूर्णरुपमा बन्द भएको सिरहा नगरपालिका ६ का वडाध्यक्ष इन्द्रजीत यादवले जानकारी दिए । उनका अनुसार अस्थायी पुल सिरहा नगरपालिकाले बनाएको थियो ।
कमला नदीमा पुल निर्माण भएर उद्घाटनको तयारी भइरहँदा ०७८ असारमा भासिएको थियो । तीनवटा पिलर भासिएपछि पुल काम नलाग्ने भएको छ ।ठेकेदार कम्पनीले भासिएको पिलरको स्थानमा अर्को पिलर राखेर पुल सञ्चालनमा ल्याउने सम्झौता गरेपनि काम भएको छैन । पुल सञ्चालनमा नआएपछि सिरहा नगरपालिकाले बनाएको अस्थायी पुलबाट मानिसहरु आवत-जावत गर्दै आएका थिए ।तर, काम चलाउ अस्थायी पुल पनि बाढीले बगाएपछि आवत-जावत पूर्णरुपमा बन्द भएको छ । आवत-जावत बन्द भएपछि यात्रुहरु मारमा परेका छन् ।
साभार : नेपाल प्रेस
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
19 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
19 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले