‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत खुला सीमा समूहको भनाइ: आतंकवादविरुद्धको कदम स्वागतयोग्य
6 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाहीलाई पूर्ण समर्थन जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ।
संवाद समूहका अध्यक्ष डा. राजीव झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय सुरक्षाफौजले आतंकवादको जरो उखेल्ने उद्देश्यले गरेको कारबाहीलाई मानवता र शान्तिको पक्षमा उठाइएको कदमका रूपमा उल्लेख गरिएको छ। समूहले ती आक्रमणहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र अन्य देशहरूमा योजनाबद्ध आक्रमणमा संलग्न आतंकवादीहरूमाथि लक्षित भएको बताएको छ।
विज्ञप्तिमा नेपालको सरकारले पनि यस कारबाहीप्रति समर्थन जनाउनुपर्ने माग गरिएको छ। "आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा नभई सम्पूर्ण मानव जातिको शत्रु हो," वक्तव्यमा भनिएको छ।
नेपाल भारत खुला सिमा संवाद समूहले भारतको निर्णायक कारबाहीको प्रशंसा गर्दै दक्षिण एसियामा शान्ति, स्थायित्व र सुरक्षातर्फ अग्रसर हुने आशा व्यक्त गरेको छ। संवाद समूह जनकपुरधामबाट क्रियाशील नागरिक संगठन हो, जसले खुला सीमासम्बन्धी विषयमा दीर्घकालीन छलफल र सहकार्य गर्दै आएको छ।
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
13 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
13 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले