Janakpurdham
Thu, Sep 18, 2025
`

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता हुने

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ । भोली देखि शुरु भएर जेठ २ गतेसम्म चल्ने मेयर कपको सम्पूर्ण तयारी पुरा भएको जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ । 

जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा हुने तेस्रो मेयर कपको आयोजना जनकपुरधाम उपमहानगरपालिकाले गर्न लागेको छ । मेयर कपको विषयमा रङ्गशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका अतिरिक्त भारतको ४ वटा टिम गरेर कूल १२ टिम सहभागिता हुने आयोजकले जनाएको हो । 

नेपाल क्रिकेट सङ्घले पनि सहयोग गरेको तेस्रो मेयर कपमा भारतको दिल्ली, विहारको मुजफ्फरपुर, पुरनीया तथा उत्तर प्रदेशका लखनउँका टिमको सहभागिता रहने भएको नेपाल क्रिकेट संघ धनुषाका सचिव आशिष झाले जानकारी दिनु भएको हो । 

नेपालको जिल्लाको क्रिकेटको स्तर बढाउनका लागि भारतका टिमको सहभागिता गराउन लागेको र यसले यस क्षेत्रका खेलाडीको क्षमता विकासमा मद्दत पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज कुमार मिश्रले जानकारी दिनु भयो ।  

क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख नगद र ट्रफि, उपविजेतालाई १ लाख २५ हजार, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको पाँच हजारको गिफ्टका साथै ३ हजार नगद र ट्रफि प्रदान गरिने भएको छ । प्रतियोगितामा वेष्ट व्याट्स म्यान, वेष्ट बल, म्यान अफ दि सिरिज हुने खेलाडीलाई नगद सहित पुरस्कृत गरिने भएको छ । 

आयोजक संस्था जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाममा क्रिकेटको वातावरण निर्माण गर्नका लागि आफू मेयर भएकै साल देखि प्रत्येक वर्ष वार्षिक कार्यक्रममा नै बजेटको व्यवस्थापन गरेर क्रिकेट खेलको आयोजना गर्दै आएको बताउनु भयो । 

यूवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलको उद्घाटन गर्नु हुने प्रतियोगिताको उद्घाटनमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, नेपाल क्रिकेट संघका अध्यक्ष एवं कोषाध्यक्ष सहितका व्यक्तिहरू सहभागी हुनु हुने आयोजकले जनाएको छ ।     


साभार : रेडियो नेपाल

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

15 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

15 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

2 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

3 दिन पहिले