Janakpurdham
Wed, Oct 14, 2026
`

जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता हुने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ । भोली देखि शुरु भएर जेठ २ गतेसम्म चल्ने मेयर कपको सम्पूर्ण तयारी पुरा भएको जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ । 

जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा हुने तेस्रो मेयर कपको आयोजना जनकपुरधाम उपमहानगरपालिकाले गर्न लागेको छ । मेयर कपको विषयमा रङ्गशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका अतिरिक्त भारतको ४ वटा टिम गरेर कूल १२ टिम सहभागिता हुने आयोजकले जनाएको हो । 

नेपाल क्रिकेट सङ्घले पनि सहयोग गरेको तेस्रो मेयर कपमा भारतको दिल्ली, विहारको मुजफ्फरपुर, पुरनीया तथा उत्तर प्रदेशका लखनउँका टिमको सहभागिता रहने भएको नेपाल क्रिकेट संघ धनुषाका सचिव आशिष झाले जानकारी दिनु भएको हो । 

नेपालको जिल्लाको क्रिकेटको स्तर बढाउनका लागि भारतका टिमको सहभागिता गराउन लागेको र यसले यस क्षेत्रका खेलाडीको क्षमता विकासमा मद्दत पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज कुमार मिश्रले जानकारी दिनु भयो ।  

क्रिकेट प्रतियोगितामा विजेता टिमलाई २ लाख नगद र ट्रफि, उपविजेतालाई १ लाख २५ हजार, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको पाँच हजारको गिफ्टका साथै ३ हजार नगद र ट्रफि प्रदान गरिने भएको छ । प्रतियोगितामा वेष्ट व्याट्स म्यान, वेष्ट बल, म्यान अफ दि सिरिज हुने खेलाडीलाई नगद सहित पुरस्कृत गरिने भएको छ । 

आयोजक संस्था जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाममा क्रिकेटको वातावरण निर्माण गर्नका लागि आफू मेयर भएकै साल देखि प्रत्येक वर्ष वार्षिक कार्यक्रममा नै बजेटको व्यवस्थापन गरेर क्रिकेट खेलको आयोजना गर्दै आएको बताउनु भयो । 

यूवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलको उद्घाटन गर्नु हुने प्रतियोगिताको उद्घाटनमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, नेपाल क्रिकेट संघका अध्यक्ष एवं कोषाध्यक्ष सहितका व्यक्तिहरू सहभागी हुनु हुने आयोजकले जनाएको छ ।     


साभार : रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

20 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

20 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले