अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा- भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,वैशाख २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले युद्धविराम सहमति गरेको खुलासा गरेका छन् । अमेरिकाको समन्वयमा भारत र पाकिस्तानले ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति गरेको ट्रम्पले सार्वजनिक गरेका हुन् ।
भारत र पाकिस्तानलाई ‘बुद्धि’ र ‘कमनसेन्स’ लगाएको भन्दै ट्रम्पले बधाई पनि दिएका छन् । पाकिस्तानको अखबार डनका अनुसार ट्रम्पले आफ्नै स्वामित्वको समाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो खुलासा गरेका हुन् ।
आजै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारतका विदेशमन्त्री र पाकिस्तानी सेनापतिसँग संवाद गरेको सार्वजनिक भएको थियो । यस अगाडि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भने भारत र पाकिस्तन युद्धमा अमेरिकाको कुनै चासो नभएको भन्दै अमेरिकी च्यानल फक्स न्यूजमा बताएका थिए ।
साभार : नेपाल प्रेस
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
11 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
11 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले