बुद्ध जयन्ती मनाइँदै, आज सार्वजनिक बिदा
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,वैशाख २९ गते । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिन्छ ।
साभार : नेपाल प्रेस
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
11 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
11 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले