Janakpurdham
Thu, Oct 15, 2026
`

नमुना विद्यालय गोगल प्रसाद मा.वि.को भर्ना अभियान 

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

राहुल कुमार सिंह 

जनकपुरधाम, वैशाख २९ गते । शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियानलाई निरन्तरता दिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहियास्थित उतm विद्यालयले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान विद्यालयले शुरु गरेको हो । सोमवार एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्ड बोकेका विद्यालयका शिक्षक , कर्मचारी र विद्यार्थीहरुले विद्यालय वरपरका समुदायमा बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आग्रह गर्दै गरेको देखिए । विद्यालय प्रांगनबाट शुरु भएको सो भर्ना अभियान रैली जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ को बसहिया , सोनापारा सहितका स्थानहरुको परिक्रमा गरी पुनः विद्यालय पुगी सम्पन्न भएको थियो । रैलीमा शिक्षक , कर्मचारी, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु , स्थानीय जनप्रतिनीधि , स्थानीय राजनीनितिक दलका प्रतिनीधि र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । भर्ना अभियानकै क्रममा विद्यालयमा हालसम्म कक्षा ६ देखि ९ सम्ममा प्रवेशका लागि ५ सय २० जना विद्यार्थी प्रवेश परिक्षामा सहभागिता जनाएका थिए जस मध्ये ४४० जना विद्यार्थी उत्तिर्ण भएका छन । विद्यालयमा हाल करिब ३ हजार ७ सय विद्यार्थी अध्यनरत्त छन ।  

 

शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार रहेको भन्दै विद्यालयका प्रधानाध्यापक महावीर दासले गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि विद्यालयले विभिन्न प्रयासहरु गर्दै आएको बताएका छन् । एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्रुधन प्रसादले यसका लागि हामी अविभावकहरुबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का कार्यवाहक अध्यक्ष शेषनाथ मंडलले गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि स्थानीय सरकारले विभिन्न प्रयासहरु गर्दै आएको बताएका छन् । 

अभियनमा सहभागीहरुले सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नमा जोड दिएका छन । सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको सहभागीहरुले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएको बताएका छन् । यी प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा सहभागीहरुले गरेका छन् ।

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

22 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

22 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

2 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

2 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

3 दिन पहिले