गैरसरकारी संस्थाको शहीद नगरपालिका स्तरीय समिक्षा गोष्ठी सम्पन्न
5 महीना पहिले प्रकाशित
Esandhyakalin
चन्दन ठाकुर
जनकपुर, २ जेठ । वालिका सशक्तिकरण परियोजना प्रारम्भिक वाल विकास सम्बन्धि शहीद नगरपालिका स्तरीय समिक्षा गोष्ठी आज सम्पन्न भएको छ । शहिद नगरपालिकाको वडा नं ३मा आयोजित सो समिक्षा गोष्ठीमा महिला तथा वालवालिकाको पोषण तथा स्वास्थ्य एवम् शिक्षावारे छलफल समेत भएको थियो । शहिद नगरपालिका, प्लान् इन्टरनेशनल, तथा सर्पोट नेपाल जनकपुरधामद्दारा संयुक्तरुपमा भएको सो समिक्षा गोष्ठीमा आर्थिक तथा सामाजिकरुपमा पछिपरेका समुदाय तथा महिला र वालवालिकाको उत्थान तथा विकासका साथै गैरसरकारी संस्थाहरुले खेलेको भूमिका सम्वन्धमा पनि विचार विमर्श भएको थियो ।
सो अवसरमा शहीद नगरपालिकाका उप प्रमुख सुनिता देवी सिंहले आर्थिक तथा सामाजिकरुपमा पछिपरेका मुसहर तथा चमार जातीको उत्थान तथा विकासमा राज्यले लिएको उदेश्यलाई गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो । साथै उहाँले वालवालिकाको स्वास्थ्य तथा चेतना अभिवृद्धिको सवालका विषयमा राज्यले पूर्णरुपमा कार्यगर्न नसकीरहेको अवस्थामा सपोट नेपाल तथा प्लान् इन्टरनेशनल जस्तो संस्थाहरु अगाडि आउनुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै सो नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष शिवकुमार यादवले गर्भवती तथा वालवालिकाको पोषण तथा स्वास्थ्यको विषयमा सरकारी तथा गैर सरकारी संस्थाहरु हातामालो गरेर अगाडि वढनुपर्ने बताउँनुभयो । प्लान् इन्टरनेशनलका कार्यकम संयोजक संजीव जोशीले पछिपरेका समूदायको शिक्षा तथा स्वास्थ्य र जनचेतना अभिवृद्दिको विषय तथा प्लान् इन्टरनेशलले खेलेको भूमिका सम्वन्धमा वोल्नुभएको थियो । सो अवसरमा उक्त नगरपालिकाका स्वास्थ्य संयोजक कपिलदेव अधिकारीले उक्त नगरपालिकाको महिला तथा वालवालिकाको स्वास्थ्य अवस्थावारे जानकारी दिनुभएको थियो ।
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
15 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
15 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले