गैरसरकारी संस्थाको शहीद नगरपालिका स्तरीय समिक्षा गोष्ठी सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
चन्दन ठाकुर
जनकपुर, २ जेठ । वालिका सशक्तिकरण परियोजना प्रारम्भिक वाल विकास सम्बन्धि शहीद नगरपालिका स्तरीय समिक्षा गोष्ठी आज सम्पन्न भएको छ । शहिद नगरपालिकाको वडा नं ३मा आयोजित सो समिक्षा गोष्ठीमा महिला तथा वालवालिकाको पोषण तथा स्वास्थ्य एवम् शिक्षावारे छलफल समेत भएको थियो । शहिद नगरपालिका, प्लान् इन्टरनेशनल, तथा सर्पोट नेपाल जनकपुरधामद्दारा संयुक्तरुपमा भएको सो समिक्षा गोष्ठीमा आर्थिक तथा सामाजिकरुपमा पछिपरेका समुदाय तथा महिला र वालवालिकाको उत्थान तथा विकासका साथै गैरसरकारी संस्थाहरुले खेलेको भूमिका सम्वन्धमा पनि विचार विमर्श भएको थियो ।
सो अवसरमा शहीद नगरपालिकाका उप प्रमुख सुनिता देवी सिंहले आर्थिक तथा सामाजिकरुपमा पछिपरेका मुसहर तथा चमार जातीको उत्थान तथा विकासमा राज्यले लिएको उदेश्यलाई गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो । साथै उहाँले वालवालिकाको स्वास्थ्य तथा चेतना अभिवृद्धिको सवालका विषयमा राज्यले पूर्णरुपमा कार्यगर्न नसकीरहेको अवस्थामा सपोट नेपाल तथा प्लान् इन्टरनेशनल जस्तो संस्थाहरु अगाडि आउनुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै सो नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष शिवकुमार यादवले गर्भवती तथा वालवालिकाको पोषण तथा स्वास्थ्यको विषयमा सरकारी तथा गैर सरकारी संस्थाहरु हातामालो गरेर अगाडि वढनुपर्ने बताउँनुभयो । प्लान् इन्टरनेशनलका कार्यकम संयोजक संजीव जोशीले पछिपरेका समूदायको शिक्षा तथा स्वास्थ्य र जनचेतना अभिवृद्दिको विषय तथा प्लान् इन्टरनेशलले खेलेको भूमिका सम्वन्धमा वोल्नुभएको थियो । सो अवसरमा उक्त नगरपालिकाका स्वास्थ्य संयोजक कपिलदेव अधिकारीले उक्त नगरपालिकाको महिला तथा वालवालिकाको स्वास्थ्य अवस्थावारे जानकारी दिनुभएको थियो ।
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
19 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
19 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले