
धनुषाको वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
4 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुर, जेठ ३ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।
शनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरुका लागि भनेर मात्र एकसय रुपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो।
वाटरपार्कको क्षमता भन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरु बीच तनाव उत्पन्न भएको थियो। सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले जानकारी दिएका छन्।
कृष्णा फाउन्डेसनसंग सातसयदेखि नौं सयजना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजार भन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए।
आक्रोसित विद्यार्थीहरुले पार्कको मूल गेट, सिसिटिभी, सिसा, रुख विरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेको उनले बताए।
विद्यार्थीले सडकमा चल्ने दुइवटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ । विद्यार्थीहरु उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन्।
अवस्था सामान्य भएपछि कुल क्षतीको अनुमान गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
साभार : काठमाडौं प्रेस

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
5 घन्टा पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
5 घन्टा पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
1 दिन पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
1 दिन पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
1 दिन पहिले