Janakpurdham
Mon, Oct 27, 2025
`

मधेश प्रदेशका पूर्व अर्थमन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,जेठ ४ गते । मधेस प्रदेशका पूर्व अर्थमन्त्री विजय कुमार यादवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्व अर्थमन्त्री यादवसहित आठ जनाले मिलोमत्तो गरि सरकारी सम्पत्ति हानी, नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित आयोगले सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वमन्त्री यादवका अतिरिक्त तत्कालीन बागमती नगरपालिका प्रमुख भरत कुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन योजना प्रमुख निरञ्जन लामिछाने, तत्कालीन योजना अधिकृत सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल तथा मधेस प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानून अधिकृत गोकुल भुजेल लगायत आठ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । 

अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय सरकार र मधेस प्रदेश सरकारको करोडौँ रकम माछापोखरी निर्माण खर्च गरेको देखिएको छ । त्यस क्रममा ठूलो मात्रामा अनियमितता भएको आयोगको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । 

उनीहरुविरुद्ध कूल बिगो ५६ करोड ७१ लाख ७ हजार २ सय ९२ रुपैयाँ कायम गरी विशेष अदालतमा मुद्दा दर्ता भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो । 


साभार : रेडियो नेपाल

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

15 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

15 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले