मधेश प्रदेशका पूर्व अर्थमन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ ४ गते । मधेस प्रदेशका पूर्व अर्थमन्त्री विजय कुमार यादवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्व अर्थमन्त्री यादवसहित आठ जनाले मिलोमत्तो गरि सरकारी सम्पत्ति हानी, नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित आयोगले सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वमन्त्री यादवका अतिरिक्त तत्कालीन बागमती नगरपालिका प्रमुख भरत कुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन योजना प्रमुख निरञ्जन लामिछाने, तत्कालीन योजना अधिकृत सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल तथा मधेस प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानून अधिकृत गोकुल भुजेल लगायत आठ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय सरकार र मधेस प्रदेश सरकारको करोडौँ रकम माछापोखरी निर्माण खर्च गरेको देखिएको छ । त्यस क्रममा ठूलो मात्रामा अनियमितता भएको आयोगको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
उनीहरुविरुद्ध कूल बिगो ५६ करोड ७१ लाख ७ हजार २ सय ९२ रुपैयाँ कायम गरी विशेष अदालतमा मुद्दा दर्ता भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।
साभार : रेडियो नेपाल
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
19 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
19 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले