म्याथमेटिक्स ओलम्पियाड विजेता मिश्र सम्मानित
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ ५ गते । तुर्कमेनिस्तानमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक जितेका जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई मधेस प्रदेश सरकारले आज सम्मान गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सफलता प्राप्त गरेका मिश्रलाई सम्मान गर्नुभएको हो ।
मुख्यमन्त्री सिंहले मधेसको भूमि हिरा उत्पादन गर्ने ठाउँ रहेको भन्दै हिराको खोजी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मधेसमा यस्ता प्रतिभा धेरै रहेकोमा त्यस्ता प्रतिभालाई बाहिर ल्याउन संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले काम गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
कास्य पदक विजेता मिश्रले आफूभन्दा पछाडिका पुस्तालाई किताबको ज्ञानमा मात्र सीमित नहुन आग्रह गर्दै यस्ता क्रियाकलापमा सहभागी हुन आग्रह गर्नुभयो । अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा भएको दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा करिब तीन सय भन्दा बढी विद्यार्थीहरूबिच व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा भएको थियो ।
अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा पहिलो पटक नेपाली विद्यार्थीले सहभागिता जनाएका थिए भने पहिलो पटक सहभागी हुँदै कस्य पदक जित्न सफल भएको हो । यससँगै उनी ९ जुलाईदेखि २१ जुलाई २०२५ सम्म अस्ट्रेलियामा आयोजना हुन लागेको ६६ औँ अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा भाग लिन जाने छन् ।
साभार : रेडियो नेपाल
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
15 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
15 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले