कोशीका सांसदहरू सवार गाडी दुर्घटना
5 महीना पहिले प्रकाशित
Esandhyakalin
विराटनगर ,जेठ ५ गते । कोशी प्रदेशका चारजना सांसद सदस्य सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ । झापाबाट विराटनगरतर्फ आँउदै गरेको बा ५ च ३५२० नम्बरको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।
र्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरू सबैको अवस्था सामान्य रहेको छ । सांसद मैयाँ श्रेष्ठले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौं, तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौं ।’
सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
साभार : नेपाल प्रेस
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
15 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
15 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले