Janakpurdham
Wed, Oct 14, 2026
`

मुसहर समुदायका झण्डै ४० प्रतिशत महिला नागरिकताविहीन छन्: मुख्यमन्त्री सिंह

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ ६ गते ।  मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताएका छन्। यो एउटा गम्भीर समस्या रहेको उनको भनाइ छ ।

ऋषिवंश एकता सेवा समाज नेपालको छैटौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत मौलिक हक तथा अधिकारबाट वञ्चित हुनुपरेको तथ्य प्रस्तुत गरे।

मुख्यमन्त्री सिंहले जबसम्म मुसहरलगायत दलित समुदाय शिक्षाबाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्नो अधिकारका लागि लड्न नसक्ने भएकाले दलित शिक्षामा जोड दिनुपर्ने बताए । उनले शिक्षा नै सशक्तिकरणको मूल आधार भएकाले अबको आन्दोलन कलम तथा किताबका लागि हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिंहले मुसहर समुदायका अभिभावकहरूलाई आफ्ना बालबालिकालाई न्यूनतम एसइईसम्म पठनपाठन गराउनुपर्ने तथा बालविवाह रोकेर २० वर्ष पुगेपछि मात्र छोराछोरीको विवाह गर्न सुझाव दिए।

सो अवसरमा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले गुणस्तरीय शिक्षाको विकासमा मधेश प्रदेश सरकार लागिपरेकाले सबैले आफ्नो छोराछोरीको शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गरे ।

सो संस्थाका अध्यक्ष लोचन सदाको अध्यक्षतामा भएको सो कार्यक्रममा हंसपुर नगरपालिकाका पूर्वनगरप्रमुख रामज्ञान मण्डल तथा समाजसेवी चन्देश्वर सदाले पनि मुसहर जातिको आर्थिक तथा सामाजिक अवस्थाबारे जानकारी गराएका थिए ।


साभार : नेपाल प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

18 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

18 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले