Janakpurdham
Mon, Oct 27, 2025
`

‘मधेश प्रदेशको नीति तथा कार्यक्रम चाँडै आउँछ’

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,जेठ ७ गते ।  मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारले जेठ १५ लगतै प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको छ । 

आज मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लेखीले नीति तथा कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुहुँदै यस पटकको बजेट सञ्चारमैत्री हुने गरी मन्त्रिपरिषद्ले तयारी गरिरहेको बताउनुभयो । 

उहाँले मधेश प्रदेश सरकारले यस पटकको बजेट तथा कार्यक्रम असार १ गते अघि नै ल्याउने बताउनुभयो । सञ्चार मन्त्री लेखीले चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले सञ्चार मन्त्रालयलाई न्यून बजेट विनियोजन गरेका कारणले पत्रकारिता क्षेत्रका लागि गर्नुपर्ने काम गर्न नसकेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशमा शान्ति सुरक्षासहितको विभिन्न काममा सक्रिय नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरचनाहरू निक्कै कमजोर रहेकाले ती संरचनाहरूको प्रबलीकरण तथा नयाँ संरचनाको निर्माणमा बजेट व्यवस्थापन हुने बताउनुभयो । 

उहाँले चालु आर्थिक वर्षमा शहिदका छोरोछाेरीलाई छात्रवृत्ति प्रदान गर्नका लागि ५० लाख रकम विनियोजन गर्नुका साथै शहिद परिवारलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसहित रोजगारका लागि आवश्यक उपकरण प्रदान गरिने तयारीमा रहेको जानकारी दिनुभयो । 

मन्त्री लेखीले पत्रकारहरूको दुर्घटना बीमालाई जीवन बीमा रुपान्तरणका लागि अगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको प्रयास गर्ने बताउनुभयो । उहाँले मधेश प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानका कार्यक्रम चाडै गरिने बताउनुभयो ।    


साभार : रेडियो नेपाल

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

15 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

15 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले