Janakpurdham
Wed, Oct 14, 2026
`

हरवाचरवाको माग समेट्न माग: मुक्त हरवाचरवा मंचको सरकारलाई आग्रह

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ९ गते ।  मुक्त हरवाचरवा अधिकार मंचले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेटमा हरवाचरवा समुदायका माग समेट्न आग्रह गरेको छ।

जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मंचका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरवाचरवाको प्रभावकारी पुनःस्थापनका लागि तीनै तहका सरकारलाई समन्वयात्मक कदम चाल्न आह्वान गरे।

उनले वास्तविक तथ्यांक संकलन गरी परिचयपत्र वितरण गर्ने, नागरिकता, मानवोचित आवास, कृषियोग्य जमिन, रोजगारी, तथा प्राविधिक, व्यवसायिक र उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न समावेशी प्याकेज ल्याउन माग गरे।

मंचले हरवाचरवाको ऐतिहासिक मुक्ति घोषणालाई पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट पुनःस्थापनसम्बन्धी कार्ययोजना र निर्देशिका तत्काल पारित गर्न पनि जोड दिएको छ। साथै, सबै स्थानीय तहलाई परिचालित गरी हरवाचरवाको यथार्थ तथ्यांक संकलन र व्यवस्थापनका लागि परिचयपत्र वितरण प्रक्रिया छिटो सुरु गर्न सरकारसमक्ष माग गरिएको छ।

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

18 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

18 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले