Janakpurdham
Tue, Oct 28, 2025
`

हरवाचरवाको माग समेट्न माग: मुक्त हरवाचरवा मंचको सरकारलाई आग्रह

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ९ गते ।  मुक्त हरवाचरवा अधिकार मंचले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेटमा हरवाचरवा समुदायका माग समेट्न आग्रह गरेको छ।

जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मंचका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरवाचरवाको प्रभावकारी पुनःस्थापनका लागि तीनै तहका सरकारलाई समन्वयात्मक कदम चाल्न आह्वान गरे।

उनले वास्तविक तथ्यांक संकलन गरी परिचयपत्र वितरण गर्ने, नागरिकता, मानवोचित आवास, कृषियोग्य जमिन, रोजगारी, तथा प्राविधिक, व्यवसायिक र उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न समावेशी प्याकेज ल्याउन माग गरे।

मंचले हरवाचरवाको ऐतिहासिक मुक्ति घोषणालाई पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट पुनःस्थापनसम्बन्धी कार्ययोजना र निर्देशिका तत्काल पारित गर्न पनि जोड दिएको छ। साथै, सबै स्थानीय तहलाई परिचालित गरी हरवाचरवाको यथार्थ तथ्यांक संकलन र व्यवस्थापनका लागि परिचयपत्र वितरण प्रक्रिया छिटो सुरु गर्न सरकारसमक्ष माग गरिएको छ।

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

22 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

22 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले