Janakpurdham
Mon, Oct 27, 2025
`

मधेशमा अपराधको मुख्य जड बन्यो लागूऔषध : गृहमन्त्री लेखक

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ९ गते ।  गृहमन्त्री रमेश लेखकले लागूऔषधकै कारण मधेशमा अपराध बढेको तथा सुरक्षा चुनौती थपिएको बताएका छन् ।

जनकपुरधाममा सङ्घीय र प्रदेश गृह मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समुद्घाटन गर्दै उनले लागूऔषध अपराधको मुख्य जड बढेको बताए । अपराध न्यूनीकरण गर्न लागूऔषध नियन्त्रण जरुरी भएको उनले बताए ।

 

 

‘लागूऔषधकै कारण देशमा सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइम बढेको छ, गृहमन्त्री लेखकले भने, ‘यो सबै अपराधको जड नै लागूऔषध छ । लागूऔषध नियन्त्रण जरुरी छ ।’

उनले नेपाल भौगोलिक रूपमा विपद्को जोखिममा रहेको उल्लेख गर्दै सुरक्षाको योजना अपरिहार्य रहेको बताए । उनले भने, ‘भूकम्प जति वेला पनि आउन सक्छ । मौसम अनुसार बाढी पहिरो आउँछ । कटान, लु, लेक, आगलागीको सबै खालको जोखिम छ यहाँ । त्यसैले हरहमेशा तयारी अवस्थामा रहन सक्नुपर्छ ।’ 

सो गोष्ठीमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी प्रशासन प्रदेश मातहत ल्याउन ढिलाइ भइरहेकोप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले शान्ति प्रदेशको सुरक्षा कायम राख्न समस्या भइरहेको गुनासो गरे ।

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मल कुमार थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेना मधेश महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी तथा मधेसका आठै जिल्लाका सुरक्षा अधिकारी सहभागी छन् ।

साभार ः नेपाल प्रेस

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

12 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

12 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले