
ऐतिहासिक हर्दिनाथ पोखरीको जीर्णोद्धार शुरु
5 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,जेठ ११ गते । जनकपुरधामको वडा नंं १६ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको हर्दिनाथ पोखरीको संरक्षणको काम आजबाट शुरु भएको छ । सशर्त अनुदान अन्तर्गत प्राप्त भएको ५० लाख रकमबाट जनकपुरधाम उपमहानगरपालिकाको संरक्षण, रेखदेखमा घाटको निर्माण शुरु गरिएको हो । पोखरीको घाट निर्माणको शिलान्यास जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले एक कार्यक्रमका बीचमा आज गर्नु भएको छ । शिलान्यासँंगै पोखरीको निर्माणले गति लिएको छ । करिब ५० मिटरमा पोखरीको घाटको निर्माण गरिने नगरप्रमुख साहले जानकारी दिनुभयो ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको कपिलेश्वरनाथ महादेव मन्दिर गुठी अधिनस्त रहेको सार्वजनिक पोखरीको पानी भाग एक विगाह क्षेत्रफल रहेको सो वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले जानकारी दिनुभयो । यसै आर्थिक वर्षमा पोखरीको घाट निर्माण गरिने छ । पोखरीको घाटको निर्माण भएपछि सार्वजनिक कार्यक्रम, छठ पूजासहितका धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुनेछ । जनकपुरधामको कपिलेश्वरको विकास तथा विस्तारमा विशेष योगदान दिनुभएका बाबा हर्दिनाथको नाममा पोखरी रहेको छ । उक्त पोखरीमा स्नान गर्नाले शरीरमा लाग्ने सबै प्रकारको घाउ, खटिरा तथा सबै प्रकारका चर्म रोगहरू निको हुने जनविश्वास छ । कपिलेश्वरवासीको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्नमा घाट निर्माणले ठूलो मद्दत पुग्ने विश्वास स्थानीयको रहेको छ ।
साभार : रेडियो नेपाल

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
19 मिनट पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
21 मिनट पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
1 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
1 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले