Janakpurdham
Mon, Sep 21, 2026
`

ऐतिहासिक हर्दिनाथ पोखरीको जीर्णोद्धार शुरु

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ ११ गते । जनकपुरधामको वडा नंं १६ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको हर्दिनाथ पोखरीको संरक्षणको काम आजबाट शुरु भएको छ । सशर्त अनुदान अन्तर्गत प्राप्त भएको ५० लाख रकमबाट जनकपुरधाम उपमहानगरपालिकाको संरक्षण, रेखदेखमा घाटको निर्माण शुरु गरिएको हो  । पोखरीको घाट निर्माणको शिलान्यास जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले एक कार्यक्रमका बीचमा आज गर्नु भएको छ । शिलान्यासँंगै पोखरीको निर्माणले गति लिएको छ । करिब ५० मिटरमा पोखरीको घाटको निर्माण गरिने नगरप्रमुख साहले जानकारी दिनुभयो ।

 

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको कपिलेश्वरनाथ महादेव मन्दिर गुठी अधिनस्त रहेको सार्वजनिक पोखरीको पानी भाग एक विगाह क्षेत्रफल रहेको सो वडा नंं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले जानकारी दिनुभयो । यसै आर्थिक वर्षमा पोखरीको घाट निर्माण गरिने छ । पोखरीको घाटको निर्माण भएपछि सार्वजनिक कार्यक्रम, छठ पूजासहितका धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुनेछ । जनकपुरधामको कपिलेश्वरको विकास तथा विस्तारमा विशेष योगदान दिनुभएका बाबा हर्दिनाथको नाममा पोखरी रहेको छ । उक्त पोखरीमा स्नान गर्नाले शरीरमा लाग्ने सबै प्रकारको घाउ, खटिरा तथा सबै प्रकारका चर्म रोगहरू निको हुने जनविश्वास छ । कपिलेश्वरवासीको धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्नमा घाट निर्माणले ठूलो मद्दत पुग्ने विश्वास स्थानीयको रहेको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

20 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

20 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले