
विदेशी विद्यार्थीका लागि पनि नेपाललाई ‘शिक्षाको हब’ बनाउनुपर्छ : सभापति देउवा
5 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षामा विदेशी विद्यार्थीका लागि पनि नेपाललाई ‘शिक्षाको हब’ बनाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको शिक्षा विभागले सोमबार आयोजना गरेको ‘शिक्षा नीति’ बारेको बहस कार्यक्रममा सभापति देउवाले यस्तो भनाई राखेका हुन्।
देउवाले शिक्षा नै महत्वपूर्ण विषय भएको बताए । उनले शिक्षाको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गनुपर्ने आवस्यकता समेत औंल्याए।
‘शिक्षा सभ्यता पनि भएकाले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउनुपर्ने आवस्यकता छ,’ सभापति देउवाले भने ।
‘शिक्षाको विषय एकदमै महत्वपूर्ण विषय हो। हरेक अभिभावकहरुले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन्। त्यसकारण हामीले नेपालको शिक्षा प्रणालीलाई राम्रो र बलियो बनाउनु पर्छ,’ सभापति देउवाले भने, ‘नभए सबैले आफ्ना सन्तानलाई विदेश पठाउन थाल्छन्। नेपाल शिक्षाको हब पनि बन्नसक्छ। सोही अनुसार अगाडि बढ्न सक्यौ भने नेपाली मात्र होइन विदेशी विद्यार्थीहरु पनि नेपाल आउन सक्छन्।’
शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने बताए ।
साभार : काठमाडौं प्रेस

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..
10 घन्टा पहिले
लक्ष्मी पूजामा झिलिमिली काठमाडौं
काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ। तिहारमा झिल..
10 घन्टा पहिले
कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..
1 दिन पहिले
काँग्रेस धनुषाका सभापति विरुद्ध पक्राउ पूर्जी
जनकपुरधाम ,कार्तिक २ गते । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएक..
1 दिन पहिले
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
3 दिन पहिले