स्मृतिको चिहानमाथि स्वागत: मधेसमा केपी ओलीको आगमन र हाम्रो मौन प्रतिरोध
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ १८ गते । २०७२ साल। संविधान निर्माणको आन्दोलन उत्कर्षमा थियो। मधेस बलिरहेको थियो, रगत बगिरहेको थियो। माग थियो – समावेशीता, समानता, सम्मान। तर, सत्ता काठमाडौँको दलानमा उभिएका थिए, अनि आदेश दिइरहेका थिए – "प्रयोग गर, बल प्रयोग गर।" त्यसै आदेशमा, जनकपुर, भारदह, राजबिराज, वीरगञ्ज, गौर, मलंगवा, जलेश्वर लागायतका ठाउँमा दर्जनौं मधेसीको लाश ढल्यो।
एकै घरको एकै दिनमा बाजे र नाति ले ज्यान गुमाए। नातिको लागि कफनको कपडा किन्न जाँदा बाजेलाई प्रहरीले गोली हानेर हत्या गर्यो। घरको छतमा बसेर चिया खादै कांखमा बच्चा खेलाउँदै गरेकी अबस्थामा सडकबाट प्रहरीले गोली हान्दा अबोध बच्चाको हत्या भयो। कोही विद्यार्थी, कोही किसान, कोही आमा-बाबुको सहारा – यिनै थिए ती ‘२-४ जना आँप झार्ने’ भनेर अपमान गरिएका नागरिकहरु।
त्यही समय लाखौं मधेसीले पुर्ब देखि पच्चिम सम्म हाथेमालो गरेर शान्तिपूर्ण बिरोध गरि रहदा"मांखे संगालो" भनेर अपमान गर्ने पात्र यिनै थिए "कालो मधेसी कालो दिन मनाउछ जस्ता अपमानित शब्दले पुरै मधेसीलाई गाली गर्ने प्रात्र यी नै थिए "मधेसलाई बिहारमा मिसाऔं" भन्ने पनि उहांनै हो।
र अहिले?
आज त्यही केपी ओली मधेस प्रदेशको राजधानी जनकपुरधाम आइपुगे। फूलमाला, स्वागत गीत, अनि नाराहरूको भीड। "केपी ओली जिन्दावाद!" भनेर नाराबाजी गर्ने हातहरू – सायद तिनै हात हुन्, जसले कहिले आफ्नो छातीमा गोली खाएका दाजुभाइको शव काँध मा राखेका थिए।
हिजो जसले मधेसीलाई नेपाली मान्न अस्वीकार गर्यो, आज उसैलाई माला लगाउनेहरू हामी नै? के हामीले आफ्नो इतिहास यति चाँडै बिर्सियौं? के सत्ताको नजिक हुने लोभले हामी आफ्नो घाउमा मलहम होइन, नुन लगाउन तयार भयौं?
ओली के लिएर आए?
उनी मधेसका घाउमा क्षमायाचना लिएर आएका होइनन्।
उनी असमान संविधानका धाराहरू सच्याउने प्रस्ताव लिएर आएका होइनन्।
उनी प्रहरीद्वारा मारिएका निहत्था नागरिकहरूको न्यायको वाचा लिएर आएका होइनन्।
उनी आएका छन् – "योजना" को सिलान्यास गर्न। विकासका नाममा राजनीतिक भूल पखाल्न।
विकास होइन, संवेदना चाहिन्छ
हामीलाई पुल–सडक मात्रै होइन, न्याय पनि चाहिन्छ। विकास त्यो हो, जसले घाउमा मलहम लगाउँछ, इतिहासको अपमान मेटाउँछ, संवेदना बाँच्छ। ओलीको आगमन, मधेसको ‘सम्झनाशक्ति’ माथि गरिएको अपमान हो।
जसले आँप झरेकोमा फरक नपर्ने भन्यो, उसैलाई फेरि पहिचानविहीन मधेसीले जसरी पनि स्वीकृति दिएको दृश्य लज्जास्पद छ।
मधेस विरोधी होइन – मधेस सजग छ
मधेस कुनै पनि दलको विरोधी होइन। मधेस आत्मसम्मानको पक्षमा छ। मधेस विकासको पक्षमा छ – तर अन्याय भुलेर होइन, अन्यायको हिसाब लिएर।
आज स्वागत गरियो भने भोलि इतिहास दोहोरिन्छ। त्यही हो सच्चा धोका – जसले न न्याय दिन्छ, न पहिचान, न सम्मान।
अब समय आयो –
भुल्न होइन, सम्झन सिकौं।
स्वागत होइन, सवाल गरौं।
योजना होइन, समानताको माग गरौं।
जनकपुरको धूलो सबैले टेक्न सक्छन्।
जनकपुरको धूलो सबै नागरिकको साझा हो – टेक्ने अधिकार सबैलाई छ। तर जनकपुरधामले आँसु नपुछ्नेहरूको स्वागतमा फूल अर्पण गर्नु कमजोरी हो, प्रतिरोध होइन।
मधेस मौन छैन उसले लेख्दैछ, सम्झँदैछ, प्रतिरोध गर्दैछ। यो मौनता बहसमा बदलिनेछ, अनि बहस आन्दोलनमा। त्यतिबेला फूल होइन, प्रश्नहरूको भारी हुनेछ।
किनभने मधेसले बिर्सन जान्दैन। मधेस सम्झन्छ र इतिहास लेख्छ।
डा राजीव झा नेपाल भारत खुला सिमा संवाद समुहको अध्यक्ष हो।
.jpg)
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
19 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
19 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले