Janakpurdham
Wed, Oct 29, 2025
`

मधेश प्रदेश सरकारद्वारा राष्ट्रिय शिक्षा सम्मेलनको आयोजना

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ १९ गते । मधेश प्रदेशको शिक्षाको स्तर माथि उकास्ने उद्देश्यले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आषाढको १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ ।

शिक्षा सम्मेलनको बारेमा जानकारी दिने उद्देश्यले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सम्मेलनका विभिन्न विषयमा जानकारी दिनुभयो । सम्मेलनमा शिक्षा क्षेत्रका विज्ञहरू, सामुदायिक क्षेत्रको शिक्षामा सुधारको पक्षमा उदाहरणीय काम गरेका शिक्षक, प्रधानाध्यापक तथा शिक्षा प्रेमीहरू सहभागी हुनुहुनेछ ।

जनकपुरधाममा हुने राष्ट्रिय शिक्षा सम्मेलन प्रदेश सरकारले औपचारिक रुपमा पहिलो पटक गर्न लागेको हो । राष्ट्रिय शिक्षा सम्मेलनमा विभिन्न विषयहरूमा शोधपत्र प्रस्तुति गर्नुका साथै ती शोधपत्रहरूमा बहस संवाद गर्ने गरि योजनाको निर्माण गर्ने काम भइरहेको मन्त्री तिवारीले जानकारी दिनुभयो । शिक्षा सम्मेलनको मूल उद्देश्य शिक्षा क्षेत्रमा नीति निर्माण, योजना कार्यान्वयन, तथा समन्वयको नयाँ परिदृश्य तयार गर्नु नै रहेको शिक्षामन्त्रीले बताउनुभयो ।

करिब ३ सय जना शिक्षा क्षेत्रका विज्ञ तथा अगुवाहरू सहभागी हुने राष्ट्रिय शिक्षा सम्मेलनमा शिक्षण र सिकाइमा नव प्रवर्तनात्मक दृष्टिकोण, शिक्षा नीति र शासन प्रणाली, समावेशी र न्याय संगत शिक्षा प्रणाली, शिक्षामा डिजिटल रूपान्तरण र समुदाय संलग्नता तथा सहकार्य सहितका विषयमा छलफल हुने मन्त्रालयका निमित्त सचिव दिलीप कुमार ठाकुरले जानकारी दिनुभयो । 


साभार : रेडियो नेपाल

`
12 comments
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

14 घन्टा पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

14 घन्टा पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

2 दिन पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

3 दिन पहिले