Janakpurdham
Mon, Oct 27, 2025
`

थारुहरूको दुई दिने अन्तर्राष्ट्रिय महासभाबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ २० गते । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी गरिएको छ । जेठ १९ र २० गतेसम्म चलेको सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा थारु अन्तर्राष्ट्रिय महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा वर्तमानमा थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको थियो ।

बन्द सत्रको निर्णय अनुसार सम्मेलनबाट जारी एक घोषणापत्रमा आतङ्कवादको कडा भर्त्सना, सीमा क्षेत्रमा थारु समुदायको सक्रिय पहलकदमी, भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय लविङ्ग, तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेशहरू समेटिएको छ ।

त्यसैगरी, थारु अन्तर्राष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यपत्रको संयोजकमा श्रवण थारुलाई चयन गरिएको छ । महासभाले भारत र नेपालका च्याप्टरहरूलाई घोषणापत्र कार्यान्वयनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

सम्मेलनले अन्य देशहरूमा पनि सङ्गठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचानको संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि गहिरो छलफल भएको छ ।


साभार : रेडियो नेपाल

 

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

12 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

12 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले