Janakpurdham
Wed, Oct 14, 2026
`

थारुहरूको दुई दिने अन्तर्राष्ट्रिय महासभाबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ २० गते । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी गरिएको छ । जेठ १९ र २० गतेसम्म चलेको सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा थारु अन्तर्राष्ट्रिय महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा वर्तमानमा थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको थियो ।

बन्द सत्रको निर्णय अनुसार सम्मेलनबाट जारी एक घोषणापत्रमा आतङ्कवादको कडा भर्त्सना, सीमा क्षेत्रमा थारु समुदायको सक्रिय पहलकदमी, भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय लविङ्ग, तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेशहरू समेटिएको छ ।

त्यसैगरी, थारु अन्तर्राष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यपत्रको संयोजकमा श्रवण थारुलाई चयन गरिएको छ । महासभाले भारत र नेपालका च्याप्टरहरूलाई घोषणापत्र कार्यान्वयनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

सम्मेलनले अन्य देशहरूमा पनि सङ्गठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचानको संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि गहिरो छलफल भएको छ ।


साभार : रेडियो नेपाल

 

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

17 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

17 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले