हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो : पूर्व अध्यक्ष रेग्मी
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,जेठ २० गते । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्ड रुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पुँजीका रूपमा रहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले हाम्रा हिमशृङ्खला नेपालको मात्र नभई दक्षिण एसिया र यस क्षेत्रका सभ्यताको जीवन रेखासमेत रहेको बताउनुभयो ।
“प्रदर्शनीले जलवायु परिवर्तनका कारण हाम्रा सम्पदा र राष्ट्रिय विकासमा परेको प्रभाव, यी सम्पदालाई विश्वमाझ पुर्याएर कति लाभ लियौँ र आगामी दिनमा के गर्नुपर्छ भन्ने सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “नयाँ योजना निर्माण गर्न र जलवायु परिवर्तनबाट पहिले र अहिलेको हिमालको स्थिति तुलना गरेर यसलाई संरक्षण गर्न विश्व समुदायलाई झकझक्याउन सकिन्छ ।”
सरोकारवाला निकायलाई हेर्न, बुझ्न र आगामी योजना बनाउन यस्ता प्रदर्शनी सहयोगी सिद्ध हुने उहाँको भनाइ छ । प्रदर्शनीले विभिन्न पर्यटकीय स्थलको परिचयसँगै नेपालका हिमाली र पहाडी सौन्दर्यलाई उजागर गरेको उहाँले बताउनुभयो ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उहाँलाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागर गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साभार : रेडियो नेपाल

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
19 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
19 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले