Janakpurdham
Wed, Oct 14, 2026
`

हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो : पूर्व अध्यक्ष रेग्मी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,जेठ २० गते । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्ड रुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पुँजीका रूपमा रहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले हाम्रा हिमशृङ्खला नेपालको मात्र नभई दक्षिण एसिया र यस क्षेत्रका सभ्यताको जीवन रेखासमेत रहेको बताउनुभयो ।

“प्रदर्शनीले जलवायु परिवर्तनका कारण हाम्रा सम्पदा र राष्ट्रिय विकासमा परेको प्रभाव, यी सम्पदालाई विश्वमाझ पुर्‍याएर कति लाभ लियौँ र आगामी दिनमा के गर्नुपर्छ भन्ने सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “नयाँ योजना निर्माण गर्न र जलवायु परिवर्तनबाट पहिले र अहिलेको हिमालको स्थिति तुलना गरेर यसलाई संरक्षण गर्न विश्व समुदायलाई झकझक्याउन सकिन्छ ।”

सरोकारवाला निकायलाई हेर्न, बुझ्न र आगामी योजना बनाउन यस्ता प्रदर्शनी सहयोगी सिद्ध हुने उहाँको भनाइ छ । प्रदर्शनीले विभिन्न पर्यटकीय स्थलको परिचयसँगै नेपालका हिमाली र पहाडी सौन्दर्यलाई उजागर गरेको उहाँले बताउनुभयो ।

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उहाँलाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागर गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


साभार : रेडियो नेपाल

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

17 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

17 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले