आरसीबीले पहिलो पटक जित्यो आईपीएलको उपाधि
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,जेठ २१ गते ।रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो। पञ्जाबका जस इङ्लिसले ३९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांश आर्याले २४, प्रविसिमरन सिंहले २६ र नेहाल वाडेरा १५ रनको योगदान दिए ।
अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० बनाएको थियो ।आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ३ चौका प्रहार गरे । ओपनर फिल साल्टले १६, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए ।बलिङमा पञ्जावका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए । युजवेन्द्र चाहल, अज्मतुल्लाह ओमारजाई र वैशाख विजय कुमारले एकएक विकेट लिए ।
साभार ः नेपाल प्रेस

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
17 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
17 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले