कमलामा नयाँ पुल निर्माणका लागि बजेट विनियोजन गर्न मधेश सरकारसँग माग
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ २१ गते । हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्न बजेट विनियोजनका लागि मधेश प्रदेशसभाका सबै दललाई ध्यानाकर्षण गराइएको छ ।
नयाँ पुल निर्माण संघर्ष समिति, सिरहा–धनुषाले मधेश प्रदेशसभाका सबै पार्टीका संसदीय दलका नेतालाई कमला पुलका लागि बजेट विनियोजन गर्न ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै दलका नेताहरुले कमला पुलका लागि बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाएको संघर्ष समितिका इन्द्रजीत गोइतले जानकारी दिए ।
पुल निर्माणका लागि संघर्ष समितिले मधेश भवनमा अनसन बसेपछि ०८१ साउनमा मधेश सरकारले चार बुँदे सम्झोता गरेको थियो ।
नयाँ पुलका लागि संघीय सरकारले बजेट नदिए मधेश सरकार नयाँ पुल निर्माण गर्ने सम्झौता कार्यान्वयण हुनुपर्ने संघर्ष समितिले माग छ । प्रदेश सरकारले नयाँ पुलका लागि डिपिआर समेत तयार गरिसकेको छ ।

‘संघीय सरकारको बजेट सार्वजनिक भइसकेको तर त्यसमा कमला पुलको लागि बजेट नराखेको हुनाले सो पुलका लागि प्रदेशबाट रकम विनियोजन गरिाइँदिनहुन अनुरोध गर्दछौं,’ दलका नेताहरुलाई संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
संघर्ष समितिका पदाधिकारीहरुले यसअघि नै मुख्यमन्त्री सतिश सिंहलाई भेटेर आगामी बजेटमा पुलका लागि रकम विनियोजन गर्न माग गरेको थियो । मुख्यमन्त्री सिंहले पनि नयाँ पुल निर्माणकै लागि बजेट विनियोजन गर्ने आश्वासन दिएको बुझिएको छ ।

साभार : नेपाल प्रेस

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
12 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
12 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले