विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा सशस्त्रका २ गोताखोर वेपत्ता
5 महीना पहिले प्रकाशित
Esandhyakalin
सुनसरी, जेठ २२ : विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन्। बिहीबार अपरान्ह उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएको प्रहरीले जनाएको छ।
अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका–१ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन्।सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि बिहीबार सप्तकोशीमा अभ्यास गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताएका छन्। ‘बेपत्ताको खोजीमा तीव्रता दिएको छ। आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ,’ उनले भने।
साभार : काठमाडौं प्रेस
.jpg)
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
19 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
19 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले