विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा सशस्त्रका २ गोताखोर वेपत्ता
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सुनसरी, जेठ २२ : विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन्। बिहीबार अपरान्ह उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएको प्रहरीले जनाएको छ।
अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका–१ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन्।सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि बिहीबार सप्तकोशीमा अभ्यास गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताएका छन्। ‘बेपत्ताको खोजीमा तीव्रता दिएको छ। आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ,’ उनले भने।
साभार : काठमाडौं प्रेस
.jpg)
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
16 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
16 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले