Janakpurdham
Wed, Oct 14, 2026
`

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ २४ गते । सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्ने छ ।सडक सुरु हुने बित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठूलो फरक पर्ने व्यवसायीको भनाइ छ । स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए । पहाडको उत्पादन तराईतर्फ र तराईको उत्पादन पहाड पठाउन सजिलो हुने उनको भनाइ छ ।युवा तथा खेलकुद विकासमन्त्री एवं सप्तरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तेजुलाल चौधरीले सडक निर्माण कार्यको शिलान्यास शुक्रबार गरेका थिए । उनले सहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारी साधन आवागमनमा सहजताका लागि नयाँ ट्रयाक खोल्न थालिएको बताए ।

मन्त्री चौधरीले पहाडबाट सिधैँ तराई आउनेका लागि कल्याणपुर बजार राम्रो गन्तव्य बन्ने बताए । यहाँका स्थानीयका लागि आफ्नै व्यापार र कृषि उत्पादनका सामग्री सजिलै ओसारपसार गरी आयआर्जन बढाउन सक्ने उनको भनाइ छ ।चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु आठ करोड ४५ लाख २० हजार ८५० बजेटबाट मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँले रु चार कारोड ४० लाख नौ हजार ४३९ भ्याटसहित ठेक्का सम्झौता गरेको छ । विसं २०८२ वैशाख २५ गते सम्झौता भई असार ३० गतेसम्म कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर चन्द्रकान्त चौधरीले जानकारी दिए ।

उहाँले सडकमा पर्ने रूख काट्न वन कार्यालयले स्वीकृति समयमा नदिँदा सडक निर्माण कार्य बढाउन ढिलाइ भएको बताए । वन कार्यालयले सडकमा पर्ने रुख काट्न स्वीकृति दिएसँगै सडक निर्माण कार्य तीव्रता पाएको छ । मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँका प्रतिनिधि इञ्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको सडकको ट्रयाक खुल्न लागेको हो ।उनका अनुसार अहिले नयाँ ट्रयाक खोल्ने र सडकलाई बाढीपहिरोबाट बचाउन पलम कन्ट्रिक वाल, गाविन र कच्ची नाला निर्माणको काम हुने छ । उनले भने, ‘हामी तीव्र गतिमा सडकको ट्रयाक खाल्ने काम गरी रहेका छौँ, मौसमले साथ दिए समयमै काम सकाउने छौं ।’नयाँ सडकको ट्रयाक खुल्ने भएपछि स्थानीय खुसी भएका छन् । कल्याणपुर बजारका सञ्जु चौधरीले भने, ‘ट्रयाक खोल्ने काम सकिए लगतै समयमा नै सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरिदियो भने हामी फिलिली घरबाट छोटो समयमा गाईघाट पुग्ने छौं ।


साभार : नेपाल प्रेस

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

16 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

16 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले