Janakpurdham
Wed, Oct 14, 2026
`

टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, यी हुन् संगितासहित १८ प्रतिवादी (भिडिओ)

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २५ गते । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत थिइन् ।नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्न मागदाबी गरेको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । 

 

अन्य प्रतिवादीमा तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रवन्धक देवेन्द्र खतिवडा, उपप्रवन्धकहरु राजीवकुमार के.सी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराई र AsiaInfo-Linkage Technologies (China) Inc. (Currently AsiaInfo Yunghang Software (Beijing) Limited) तथा उक्त कम्पनीका Senior Director Long Yong, CRBT&CS Project Office, Kathmandu का तत्कालीन Operation/Project Manager Mr. Huang Wei (Yellow) र Local Agent Arniko International Pvt.
Ltd. को Director शैलेस श्रेष्ठ रहेका छन् ।

याे पनि पढ्नुस्:

टेलिकमको बिलिङ प्रणाली खरिदमा अनियमितता, भेन्डर लकिङ गरेर सेटिङमा प्रतिस्पर्धा

टेलिकमको बिलिङ टेण्डर फेरि विवादमा, प्रतिस्पर्धा सीमित गर्न खोजिएको भन्दै उजुरबाजुर

नेपाल टेलिकमको बिलिङ सिस्टममा ‘सेटिङ’- बर्सेनि ३ अर्बभन्दा बढी यसरी हुँदैछ गायब

हेर्नुस् प्रतिवादी र उनीहरूमाथिको बिगोबारे अख्तियारको विज्ञप्ति


साभार : नेपाल प्रेस
 
 
 
 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

16 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

16 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले