
टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, यी हुन् संगितासहित १८ प्रतिवादी (भिडिओ)
3 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,जेठ २५ गते । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत थिइन् ।नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्न मागदाबी गरेको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।
अन्य प्रतिवादीमा तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रवन्धक देवेन्द्र खतिवडा, उपप्रवन्धकहरु राजीवकुमार के.सी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराई र AsiaInfo-Linkage Technologies (China) Inc. (Currently AsiaInfo Yunghang Software (Beijing) Limited) तथा उक्त कम्पनीका Senior Director Long Yong, CRBT&CS Project Office, Kathmandu का तत्कालीन Operation/Project Manager Mr. Huang Wei (Yellow) र Local Agent Arniko International Pvt.
Ltd. को Director शैलेस श्रेष्ठ रहेका छन् ।
याे पनि पढ्नुस्:
टेलिकमको बिलिङ प्रणाली खरिदमा अनियमितता, भेन्डर लकिङ गरेर सेटिङमा प्रतिस्पर्धा
टेलिकमको बिलिङ टेण्डर फेरि विवादमा, प्रतिस्पर्धा सीमित गर्न खोजिएको भन्दै उजुरबाजुर
नेपाल टेलिकमको बिलिङ सिस्टममा ‘सेटिङ’- बर्सेनि ३ अर्बभन्दा बढी यसरी हुँदैछ गायब
हेर्नुस् प्रतिवादी र उनीहरूमाथिको बिगोबारे अख्तियारको विज्ञप्ति
साभार : नेपाल प्रेस


सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
7 घन्टा पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
7 घन्टा पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
8 घन्टा पहिले
सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..
काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..
2 दिन पहिले
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..
जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..
2 दिन पहिले