Janakpurdham
Wed, Oct 14, 2026
`

जितनजिक पुगेर चुक्याे नेपाल, स्कटल्याण्डसँग २ रनकाे हार

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २५ गते । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो ।अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर हार बेहोर्नुपर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो ।

पहिलो बलमा २ रन ल्याएका करण दोस्रो बलमा कुनै पनि रन जोड्न सकेनन् र तेस्रो बलमा क्याच आउट हुन पुगे। अन्तिम ३ बलमा नेपाललाई ५ रन आवश्यक थियो । चौथो र पाँचौ बलमा एकएक रन जोडेपनि अन्तिम ओभरमा आउट हुने पुगे ।नेपालका लागि भिम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । भिम ७३, सोमपाल ६७ र दीपेन्द्र ५६ रनमा आउट भए । आरिफ शेखले ३९ रनको योगदान दिए । ३४ रन जोड्दा ३ विकेट गुमाएको नेपालको इनिङ आरिफ र भिमले उकासेका थिए ।

त्यसपछि पनि लगातार उत्कृष्ट साझेदारी हुँदा नेपाल जित नजिक पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र सोमपालले सतकीय साझेदारी गरेका थिए । तर, फिनिसिङमा चुक्दा नेपालले हार बेहोर्नुपर्‍यो ।यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउदै विशाल लक्ष्य खडा गरेको थियो । स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतक प्रहार गरे ।

उनले ११४ बलमा ६ चौका र ४ चौका प्रहार गरे । चार्ली टियरले ६८ र माइकल लिस्कले अविजित ९६ रनको योगदान दिए ।बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई र ललित राजवंशीले एक विकेट लिए । सिरिजअन्तर्गत नेपालले अब मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

17 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

17 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले