Janakpurdham
Tue, Oct 28, 2025
`

जितनजिक पुगेर चुक्याे नेपाल, स्कटल्याण्डसँग २ रनकाे हार

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २५ गते । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो ।अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर हार बेहोर्नुपर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो ।

पहिलो बलमा २ रन ल्याएका करण दोस्रो बलमा कुनै पनि रन जोड्न सकेनन् र तेस्रो बलमा क्याच आउट हुन पुगे। अन्तिम ३ बलमा नेपाललाई ५ रन आवश्यक थियो । चौथो र पाँचौ बलमा एकएक रन जोडेपनि अन्तिम ओभरमा आउट हुने पुगे ।नेपालका लागि भिम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । भिम ७३, सोमपाल ६७ र दीपेन्द्र ५६ रनमा आउट भए । आरिफ शेखले ३९ रनको योगदान दिए । ३४ रन जोड्दा ३ विकेट गुमाएको नेपालको इनिङ आरिफ र भिमले उकासेका थिए ।

त्यसपछि पनि लगातार उत्कृष्ट साझेदारी हुँदा नेपाल जित नजिक पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र सोमपालले सतकीय साझेदारी गरेका थिए । तर, फिनिसिङमा चुक्दा नेपालले हार बेहोर्नुपर्‍यो ।यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउदै विशाल लक्ष्य खडा गरेको थियो । स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतक प्रहार गरे ।

उनले ११४ बलमा ६ चौका र ४ चौका प्रहार गरे । चार्ली टियरले ६८ र माइकल लिस्कले अविजित ९६ रनको योगदान दिए ।बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई र ललित राजवंशीले एक विकेट लिए । सिरिजअन्तर्गत नेपालले अब मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

17 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

17 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले