Janakpurdham
Tue, Oct 28, 2025
`

विश्वकप लिग–२: नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २७ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको  खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित  गरेकाे हाे ।

नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३/३ विकेट लिए । ललित राजव‌ंशीले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए ।  नेपाललाई आफ्नो इनिङमा १० रन घाटा लागेको थियो।

मध्यक्रमका ब्याट्सम्यान बसिर अहमद नियम विपरित पिचमा दौडिएको भन्दै अम्पायरले दुई पटक गरी ५–५ रन सजाय गरेका थिए । यो श्रृङखलामा नेपालले ४ खेलमध्ये ३ खेलमा जित निकालेको छ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

17 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

17 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले