
रास्वपा कार्यालयमा आफ्नाविरुद्ध नक्कली जाहेरी लेखिएको लेखकको दाबी
4 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, जेठ ३० : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै आफ्नाविरुद्ध नक्कली जाहेरीहरू लेखिएको बिषय थाहा पाइसकेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिनेक्रममा गृहमन्त्री लेखकले यस्तो भनाई राखेका हुन्। उनले नक्कली जाहेरी तयार गरी विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजिएको समेत बताए।
लेखकले भने, ‘पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ । त्यो मलाई जानकारी भइसकेको छ । यस्ता किर्ते जालसाज, अमर्यादिन कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु।’
गृहमन्त्री लेखकले अपमानजनक कार्य र नक्कली पीडीत खडा गर्नेलाई पत्ता लगाएर कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।
उनले पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बन्न थालेको बताउँदै सचेत रहन आग्रह गर्दै भने, ‘किन भने तपाईंकरू संभावना बोकेको हुनुहुन्छ।’
साभार ः काठमाडौं, प्रेस

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
22 घन्टा पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
22 घन्टा पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
2 दिन पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
3 दिन पहिले