Janakpurdham
Wed, Oct 14, 2026
`

पत्रकार महासङ्घ मधेश प्रदेशको बैठक सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ ३१ गते । नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको बैठकले स्वतन्त्र, सुरक्षित तथा मर्यादित पत्रकारिताको विकासको पक्षमा १३ बुँदे  निर्णय गरि जनकपुरधाममा सम्पन्न भएको छ । 

बैठकले विगतदेखि उठाउँदै आएको मागहरूलाई प्रभावकारी कार्यान्वयनका लागि सरकार, सञ्चार संस्था तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी कार्यान्वयनको लागि पुनः माग गरेको छ । 

बैठकले पत्रकारिताको मर्यादा कायम राख्न पत्रकारहरूलाई आचारसंहिता पालना गर्न र विवादमा नपर्ने गरी मर्यादित पत्रकारिता गर्न समेत आह्वान गरेको छ । आठ वटै जिल्लामा आवद्ध पत्रकार महासङ्घ सदस्यहरूको सदस्यता नवीकरण असार १५ भित्र गर्न र नवीकरण शुल्क प्रदेश समितिमा पठाउन अनुरोध गरिएको छ । साथै, कार्यालय व्यवस्थापन र उद्घाटनको तयारी गर्न निर्देशन दिइएको छ ।

सञ्चार माध्यमहरूलाई आत्मनिर्भर बनाउन कार्यसमिति सदस्यहरूले स्वैच्छिक मासिक आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । उक्त सहयोगलाई व्यवस्थित गर्न कोषाध्यक्षमार्फत कार्ययोजना ल्याउने निर्णय बैठकले गरेको छ । 

बैठकले प्रदेश सरकार समक्ष पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा अभियानका रूपमा सञ्चालन गर्न, छुटेकाहरूलाई समावेश गर्न र गैर पत्रकारको बीमा भएमा पुनरावलोकन गर्न माग गरेको छ ।

लोककल्याणकारी विज्ञापनका सन्दर्भमा प्रत्येक मिडियालाई कम्तीमा एक लाख रुपैयाँ बराबरको विज्ञापन सुनिश्चित गर्न आग्रह नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको बैठकले गरेको महासचिव शैलेन्द्र महतो क्रान्तिले जानकारी दिनुभयो । 

आउँदो आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरिन लागेको प्रदेश सरकारको बजेटमार्फत यी मागहरू सम्बोधन गर्न आग्रह गरिएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

16 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

16 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले