कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा मुछिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए।
‘नागरिकको असन्तुष्टिलाई हामीले मान्नुपर्छ । जनताले नेताहरुले आफ्नो स्वास्र्थको लागि मात्र सोचे घुस खाए। एउटा महामन्त्री अथवा कोही व्यक्तिले गल्ती गरे सारा पार्टीले गाली खानुपर्छ। भारी बोक्नुपर्छ। भ्रष्टाचार गरे भन्ने छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने जतिपनि कुरा आउँछ त्यसमा कुनै पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ । यसमा कांग्रेसले कोहीसँग सम्झौता गर्दैन। व्यक्ति चुक्न सक्ला कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ । ठिक ढङ्गले पार्टीलाई प्रस्तुत गर्न सक्नुपर्छ।’
महामन्त्री थापाले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने दाबी समेत गरे।
कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य छन्। सबै गर्दा १२ लाख छन्। पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर अन्तिममा काठमाडौँमा पाँच हजार प्रतिनिधिबाट महाधिवेशन गर्छौँ,’ उलने भने, ‘१२ लाख मान्छेलाई बुथमा निकाल्छौँ, उसलाई अधिवेशनमा टिक लगाउन दिन्छौँ भने प्रविधिको जमानामा त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न । जसले गुट बनायो त्यो ध्वस्त भन्यो भनौं न।’
साभार : काठमाडौं प्रेस

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
16 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
16 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले