Janakpurdham
Thu, Oct 16, 2025
`

कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा मुछिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए। 

‘नागरिकको असन्तुष्टिलाई हामीले मान्नुपर्छ । जनताले नेताहरुले आफ्नो स्वास्र्थको लागि मात्र सोचे घुस खाए। एउटा महामन्त्री अथवा कोही व्यक्तिले गल्ती गरे सारा पार्टीले गाली खानुपर्छ। भारी बोक्नुपर्छ। भ्रष्टाचार गरे भन्ने छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने जतिपनि कुरा आउँछ त्यसमा कुनै पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ । यसमा कांग्रेसले कोहीसँग सम्झौता गर्दैन। व्यक्ति चुक्न सक्ला कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ । ठिक ढङ्गले पार्टीलाई प्रस्तुत गर्न सक्नुपर्छ।’

महामन्त्री थापाले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने  धारणा राखे । उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने दाबी समेत गरे।

कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य छन्। सबै गर्दा १२ लाख छन्। पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर अन्तिममा काठमाडौँमा पाँच हजार प्रतिनिधिबाट महाधिवेशन गर्छौँ,’ उलने भने, ‘१२ लाख मान्छेलाई बुथमा निकाल्छौँ, उसलाई अधिवेशनमा टिक लगाउन दिन्छौँ भने प्रविधिको जमानामा त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न । जसले गुट बनायो त्यो ध्वस्त भन्यो भनौं न।’ 

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

22 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

22 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले