मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्ने
4 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असार १ गते । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण तथा विकासमा लाग्न सवैलाई आग्रह गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ स्थित कुर्था संचालित ४५ दिने मिथिला पेन्टिगं तालिम समापनको अवसरमा आयाजित समारोहमा उहाँले सो कुरा वताउँनुभएको हो । उपमेयर साहले मैथिली भाषा तथा संस्कृतिको विकासका लागि मिथिलावासीले जोडदिनुपर्ने उल्लेखगर्दे तालिममा सहभागि प्रशिक्षार्थीहरुले मैथिली पेन्टिगंलाई व्यवसायीक तथा रोजगारमूलक वनाउनुपर्ने आग्रह गर्नुभयो । मैेथिली पेन्टिगंलाई समय सापेक्ष तथा अझ प्रभावकारी वनाउन तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार तथा प्रसार आवश्यक रहेको उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले मिथिलाक्षेत्रको आफनै गरिमा ,इतिहास तथा उच्चमहत्व रहेकोले यसको संरक्षण आवश्यक रहेको छ भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ का वडा अध्यक्ष राजनारायण साहले मिथिला पेन्टिगंको तालिमलाई रोजगारमूलक वनाउन तथा समाजिककाममा लाग्न प्रशिक्षर्थीहरुलाई आग्रह गर्नुभयो । मिथिला पेन्टिगं तालिम उपभोक्ता समितिका अध्यक्ष सुमित्रादेवी दासको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गरीवसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास तथा तालिमका प्रशिक्षक दिपाकमारीले पनि सो तालिमको उपयोगिता वोल्नुभएको थियो । ४५ दिने सो तालिम २१ नं वडाको करीव रु पाँचलाखको लागतमा वडास्तरीय वजेटवाट संचालन भएको थियो । सो तालिम २०८२ /१/१७ देखि २०८२/ २ /३० सम्म संचालन भएको समाजिक परिचालक दासले जानकारी दिनभयो ।

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
9 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
9 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले