Janakpurdham
Wed, Oct 14, 2026
`

मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्ने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार १ गते । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले मैथिली भाषा ,संस्कार तथा संस्कृतिको संरक्षण तथा विकासमा लाग्न सवैलाई आग्रह गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ स्थित कुर्था संचालित ४५ दिने मिथिला पेन्टिगं तालिम समापनको अवसरमा आयाजित समारोहमा उहाँले सो कुरा वताउँनुभएको हो । उपमेयर साहले मैथिली भाषा तथा संस्कृतिको विकासका लागि मिथिलावासीले जोडदिनुपर्ने उल्लेखगर्दे तालिममा सहभागि प्रशिक्षार्थीहरुले मैथिली पेन्टिगंलाई व्यवसायीक तथा रोजगारमूलक वनाउनुपर्ने आग्रह गर्नुभयो । मैेथिली पेन्टिगंलाई समय सापेक्ष तथा अझ प्रभावकारी वनाउन तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार तथा प्रसार आवश्यक रहेको उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले मिथिलाक्षेत्रको आफनै गरिमा ,इतिहास तथा उच्चमहत्व रहेकोले यसको संरक्षण आवश्यक रहेको छ भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ का वडा अध्यक्ष राजनारायण साहले मिथिला पेन्टिगंको तालिमलाई रोजगारमूलक वनाउन तथा समाजिककाममा लाग्न प्रशिक्षर्थीहरुलाई आग्रह गर्नुभयो । मिथिला पेन्टिगं तालिम उपभोक्ता समितिका अध्यक्ष सुमित्रादेवी दासको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गरीवसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास तथा तालिमका प्रशिक्षक दिपाकमारीले पनि सो तालिमको उपयोगिता वोल्नुभएको थियो । ४५ दिने सो तालिम २१ नं वडाको करीव रु पाँचलाखको लागतमा वडास्तरीय वजेटवाट संचालन भएको थियो । सो तालिम २०८२ /१/१७ देखि २०८२/ २ /३० सम्म संचालन भएको समाजिक परिचालक दासले जानकारी दिनभयो ।

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

14 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

14 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले