स्कटल्यान्डविरुद्ध नेपालको संघर्षपूर्ण जित
4 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, असार ४ : त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले स्टकल्यान्डविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति ग्लासोमा भएको खेलमा नेपालले ९८ रनको झिनो लक्ष्य पछ्याउँदा २ विकेटका संघर्षपूर्ण जित निकाल्यो।
९८ रनको सामान्य लक्ष्य नेपालले १ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १४, बासिर अमहदले १३ र किरण ठगुन्नाले १० रन बनाए।
झिनो स्कोरमा पनि नेपाललाई दबाबमा राख्ने क्रममा स्कटल्यान्डका माइलक लेस्क र सफ्यान सरिफले समान २ विकेट लिए।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको घरेलु टोली स्कटल्यान्ड सन्दीप लामिछानेले घातक बलिङ गरेपछि १९.४ ओभरमा ९७ रनमै अलआउट भयो। उसका लागि माइलक लेस्कले सर्वाधिक ४६ रन बनाए। उनीबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
स्कटल्यान्डको इनिङ धरासायी बनाउने क्रममा सन्दीपले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ किवेट लिँदा ललित राजवंशीले १ विकेट लिए।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो।
साभार : काठमाडौं प्रेस

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
15 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
15 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले