Janakpurdham
Wed, Oct 14, 2026
`

स्कटल्यान्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, असार ४  : त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले स्टकल्यान्डविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति ग्लासोमा भएको खेलमा नेपालले ९८ रनको झिनो लक्ष्य पछ्याउँदा २ विकेटका संघर्षपूर्ण जित निकाल्यो।

९८ रनको सामान्य लक्ष्य नेपालले १ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १४, बासिर अमहदले १३ र किरण ठगुन्नाले १० रन बनाए।

झिनो स्कोरमा पनि नेपाललाई दबाबमा राख्ने क्रममा स्कटल्यान्डका माइलक लेस्क र सफ्यान सरिफले समान २ विकेट लिए।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको घरेलु टोली स्कटल्यान्ड सन्दीप लामिछानेले घातक बलिङ गरेपछि १९.४ ओभरमा ९७ रनमै अलआउट भयो। उसका लागि माइलक लेस्कले सर्वाधिक ४६ रन बनाए। उनीबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

स्कटल्यान्डको इनिङ धरासायी बनाउने क्रममा सन्दीपले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ किवेट लिँदा ललित राजवंशीले १ विकेट लिए।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो।

 

साभार : काठमाडौं प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

14 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

14 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले