वीरेन्द्रनगरमा ‘हेलो मेयर हटलाइन’ सेवा सुरु
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सुर्खेत ,असार ४ गते । वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेको छ।
स्थानीय जनताको गुनासो, सुझाव र उजुरीहरूलाई सहज रूपमा संकलन गरी तिनको समाधानमा ध्यान दिनका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।
यस सेवामार्फत नगरवासीहरूले अब निःशुल्क रूपमा टोल फ्री नम्बर १८१०५०००२५२ मा सम्पर्क गरेर सिधै नगरपालिकासँग कुराकानी गर्न सक्नेछन्।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो।
हामीले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेका छौँ, नगरप्रमुख ढकालले भनिन्, ‘जसको नम्बर हो १८१०५०००२५२ यस सेवामार्फत नगरवासीहरूले सिधै आफ्नो गुनासो, सुझाव वा उजुरी हामीसम्म पुर्याउन सक्नुहुन्छ। यसले हाम्रो सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने विश्वास लिएका छौँ।ञ
नगरपालिकाका अनुसार गुनासा प्राप्त भएको २४ घण्टाभित्र प्रारम्भिक जानकारी तथा आवश्यक कार्य अगाडि बढाइनेछ।
हटलाइन सेवा हाल कार्य दिवसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
साभार : नेपाल प्रेस

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
14 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
14 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले