Janakpurdham
Mon, Oct 27, 2025
`

वीरेन्द्रनगरमा ‘हेलो मेयर हटलाइन’ सेवा सुरु

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सुर्खेत ,असार ४ गते । वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेको छ।

स्थानीय जनताको गुनासो, सुझाव र उजुरीहरूलाई सहज रूपमा संकलन गरी तिनको समाधानमा ध्यान दिनका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।

यस सेवामार्फत नगरवासीहरूले अब निःशुल्क रूपमा टोल फ्री नम्बर १८१०५०००२५२ मा सम्पर्क गरेर सिधै नगरपालिकासँग कुराकानी गर्न सक्नेछन्।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो। 

हामीले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेका छौँ, नगरप्रमुख ढकालले भनिन्, ‘जसको नम्बर हो १८१०५०००२५२ यस सेवामार्फत नगरवासीहरूले सिधै आफ्नो गुनासो, सुझाव वा उजुरी हामीसम्म पुर्‍याउन सक्नुहुन्छ। यसले हाम्रो सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने विश्वास लिएका छौँ।ञ

नगरपालिकाका अनुसार गुनासा प्राप्त भएको २४ घण्टाभित्र प्रारम्भिक जानकारी तथा आवश्यक कार्य अगाडि बढाइनेछ।

हटलाइन सेवा हाल कार्य दिवसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

 


साभार : नेपाल प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

14 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

14 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले