Janakpurdham
Wed, Oct 14, 2026
`

चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

खोटाङ,असार ४ गते । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।

अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो ।

गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । उत्कृष्ट कृषकलाई जनही नगद रु १५÷१५ हजारको साथमा सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिएका छन् ।

गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा उत्कृष्ट अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्ने राधा सिग्देल, माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने कृष्ण बुढाथोकी र गाउँपालिकाले सञ्चालन गरेको कक्षा–८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अनुपमा बस्नेत पुरस्कृत हुनुभएको छ । पुरस्कृत विद्यार्थीहरुलाई जनही नगद रु सात÷सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

 कार्यक्रममा माध्यमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा सिम्पानी माध्यमिक विद्यालय सिम्पानीका जगत बस्नेत, निम्न माध्यमिक तहका वर्ष शिक्षकमा विणा माध्यमिक विद्यालय लिकुवा पोखरीका मिलन तामाङ र प्राथमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा माहाङ्कला माध्यमिक विद्यालय लिच्कीराम्चेका देवेन्द्र चौधरी पुरस्कृत हुनुभएको छ । पुरस्कृत शिक्षकहरुलाई जनही नगद रु सात÷सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
 

गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट लेखा कर्मचारीमा ईश्वर श्रेष्ठ, बाल विकास सहजकर्तामा रोजिना राई र कार्यालय सहयोगीमा बिपीन रोक्कालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने लेखा कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीलाई जनही नगद रु सात÷सात हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।

विद्यालयतर्फ वर्ष उत्कृष्ट हुने माध्यमिक तहको विद्यालयमा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजार, निम्न माध्यमिक तहको वर्ष उत्कृष्ट हुने विद्यालयमा सिद्ध आधारभूत विद्यालय खोटाङ बजारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने विद्यालयलाई जनही नगद रु १५÷१५ हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।

गाउँपालिकाले यस वर्ष गठन गरिएको निर्माण उपभोक्ता समितिमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । ईलाका प्रशासन कार्यालय भवन निर्माण उपभोक्ता समितिले तोकिएको भन्दा बढी र गुणस्तरीय काम गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष तीलकबहादुर कामीलाई नगद रु १५ हजारको साथमा प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

वर्ष उत्कृष्ट कर्मचारीतर्फत एमआइएस अपरेटर रोशन पौडेल, उत्कृष्ट स्वास्थ्यकर्मीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीका हेल्थ असिस्टेन्ट सुमन दाहाल र उत्कृष्ट कार्यालय सहयोगीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीकै केदार कार्कीलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्ति तथा संस्थालाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित पुरस्कार वितरण गरेका हुन् ।

आफूले गरेको कामलाई गाउँपालिकाले मूल्याङ्कन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्नका लागि हौसला मिलेको पुरस्कृतहरुमध्येबाट धारण राख्नुहुने बलजित राईले प्रतिक्रिया दिए । “किसान भन्ने वित्तिकै हेयको दृष्टिले हेर्नै चलन छ”, उनले भने, “म कृषक हुँ, मलाई आफू कृषक हुनुमा गर्व लाग्छ । स्थानीय सरकारले पुरस्कृत गर्दा थप हौसाला मिलेको छ ।”

गाउँपालिकाको समग्र विकासका लागि विभिन्न विद्या निर्धारण गरेर वर्ष उत्कृष्ट व्यक्ति तथा संस्थालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको गाउँपालिका प्रमुख मुक्तिले बताए । गाउँपालिकाको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा राजनीतिक दल, सरोकारवाला निकाय, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।


साभार : नेपाल प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

14 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

14 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले