Janakpurdham
Wed, Oct 14, 2026
`

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंको कार्यकाल सम्पन्न, सुनाए यस्ता उपलब्धि

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

हेटौँडा ,असार ४ गते । बागमती प्रदेश युवा परिषद्को पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले आफ्नो कार्यकालमा युवा लक्षित महत्त्वपूर्ण काम र आधारहरू तयार भएको बताएका छन् ।

४ वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै चौलागाईँले यसबीचमा ८ जना मन्त्रीसँग काम गर्न अवसर पाएको बताएका छन् । उनलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा नियुक्त गरिएको थियो ।

वक्तव्यमा उनले भनेका छन्–मूलतः युवालाई राज्यको नीति, नियम, आफ्नो अधिकारको बारेमा बुझ्न, बुझाउन प्रेरित गर्ने खालका कार्यहरू गरियो ।

प्रदेश युवा नीति, नमूना युवा संसद्को अभ्यास, युवा नीतिबारे बहस र पैरवी, युवा महिलाका लागि आत्मरक्षा तालिम, पहिलो वर्ष भर्चुअल प्रदेश युवा सम्मेलनसँगै लगातार तीन पटक प्रदेशका सबै जिल्ला, पालिकाको प्रतिनिधित्व रहने गरी प्रदेश युवा सम्मेलनको आयोजना महत्त्वपूर्ण रह्यो ।

 
 

प्रदेश युवा सम्मेलनले युवालाई अभिप्रेरित गर्ने, अभिमुखीकरण गर्ने र सक्षम युवाको रूपमा अग्रसर हुन अभिप्रेरित गर्न सफल भएका छौँ ।

युवालाई सीप, रोजगार र स्वरोजगारसँग जोड्न पर्याप्त तालिमका कार्यक्रमहरू सञ्चालन गर्दै आर्थिक वर्ष २०८१÷८२ लाई सीप वर्षकै रूपमा घोषणा गरेर काम गरिएको चौलागाईँको दाबी छ । यसक्रममा झण्डै १०हजार युवालाई सीपमूलक तालिमको आयोजना गरिएको सो कार्यक्रमबाट सयौँ युवा स्वरोजगार बन्न सफल भएको उनले बताएका छन् ।

पूरा अवधि जिम्मेवारी सम्हालेर बाहिरिँदै गर्दा गर्व गर्न सक्ने काम भएको भन्दै उनले प्रदेश युवा परिषद्लाई हालकै संरचनामा कायम राखेर थप सशक्त बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।


साभार : नेपाल प्रेस

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

14 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

14 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले