Janakpurdham
Tue, Jul 15, 2025
`

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंको कार्यकाल सम्पन्न, सुनाए यस्ता उपलब्धि

27 दिन पहिले प्रकाशित

Esandhyakalin

`

हेटौँडा ,असार ४ गते । बागमती प्रदेश युवा परिषद्को पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले आफ्नो कार्यकालमा युवा लक्षित महत्त्वपूर्ण काम र आधारहरू तयार भएको बताएका छन् ।

४ वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै चौलागाईँले यसबीचमा ८ जना मन्त्रीसँग काम गर्न अवसर पाएको बताएका छन् । उनलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा नियुक्त गरिएको थियो ।

वक्तव्यमा उनले भनेका छन्–मूलतः युवालाई राज्यको नीति, नियम, आफ्नो अधिकारको बारेमा बुझ्न, बुझाउन प्रेरित गर्ने खालका कार्यहरू गरियो ।

प्रदेश युवा नीति, नमूना युवा संसद्को अभ्यास, युवा नीतिबारे बहस र पैरवी, युवा महिलाका लागि आत्मरक्षा तालिम, पहिलो वर्ष भर्चुअल प्रदेश युवा सम्मेलनसँगै लगातार तीन पटक प्रदेशका सबै जिल्ला, पालिकाको प्रतिनिधित्व रहने गरी प्रदेश युवा सम्मेलनको आयोजना महत्त्वपूर्ण रह्यो ।

 
 

प्रदेश युवा सम्मेलनले युवालाई अभिप्रेरित गर्ने, अभिमुखीकरण गर्ने र सक्षम युवाको रूपमा अग्रसर हुन अभिप्रेरित गर्न सफल भएका छौँ ।

युवालाई सीप, रोजगार र स्वरोजगारसँग जोड्न पर्याप्त तालिमका कार्यक्रमहरू सञ्चालन गर्दै आर्थिक वर्ष २०८१÷८२ लाई सीप वर्षकै रूपमा घोषणा गरेर काम गरिएको चौलागाईँको दाबी छ । यसक्रममा झण्डै १०हजार युवालाई सीपमूलक तालिमको आयोजना गरिएको सो कार्यक्रमबाट सयौँ युवा स्वरोजगार बन्न सफल भएको उनले बताएका छन् ।

पूरा अवधि जिम्मेवारी सम्हालेर बाहिरिँदै गर्दा गर्व गर्न सक्ने काम भएको भन्दै उनले प्रदेश युवा परिषद्लाई हालकै संरचनामा कायम राखेर थप सशक्त बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।


साभार : नेपाल प्रेस

 

`
12 comments
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

22 घन्टा पहिले

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..

जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..

22 घन्टा पहिले

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

2 दिन पहिले

‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’

काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..

2 दिन पहिले

‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

3 दिन पहिले