Janakpurdham
Wed, Oct 14, 2026
`

नेपाल फर्कन इजरायलमा ८८५ नेपालीले नाम दर्ता गराएका छन् : मन्त्री डा.राणा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ९ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायलमा नेपालीको विवरण संकलनका लागि बनाइएको अनलाइन पोर्टलमा ८ सय ८५ जनाले नेपाल फर्कन नाम दर्ता गराएको जानकारी संसदलाई गराएकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री डा.राणाले उक्त जानकारी गराएकी हुन्। मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने काम गरिरहेको जानकारी पनि गराइन्। 

 

मन्त्री राणाले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताइन्। 

राणाले अबको एकदुई दिनमा ‘श्रम संसार’ भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज हुन गइरहेको समेत बताइन् । सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको जानकारी समेत मन्त्री राणाले संसदलाई दिएकी छन्। 

‘सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको छ। हाल इजरायल–इरानबीच उत्पन्न द्धन्द्ध र यसका प्रभावहरुलाई अत्यन्त गम्भिरता साथ लिँदै ति क्षेत्रहरुमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘१३ जुनदेखि नै हामी प्रेस विज्ञप्ती जारी गर्यौं। त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ।’

अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउन कार्यदल गठन गरेर काम अघि बढाइएको भनाई समेत परराष्ट्रमन्त्री राणाको थियो। 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

13 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

13 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले