Janakpurdham
Mon, Oct 27, 2025
`

माधव नेपालकाे मुद्दामा थुनछेक बहस सकियो, आदेश आउँदै

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार ११ : पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेकसम्वन्धी बहस सकिएको छ।पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा आफैं बयानका लागि उपस्थित भएका थिए। बयान र थुनछेक बहस दुवै सकिएर अहिले आदेशको तयारी भइरहेको छ। पतञ्जलिको जग्गा खरिद प्रकरणमा अनियमितता भएको आरोपसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

अख्तियार र प्रतिबादीका वकीलहरुको वहश सकिएर अहिले इजलासबाट आदेश लेख्ने कार्य भइरहेको छ। विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान र थुनछेकसम्वन्धी बहस भएको थियो। पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो। नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउने वा थुना बाहिर राखेर पुर्पक्ष गर्ने भन्ने बिषयको टुंगो आजै लाग्ने भएको छ। 

साभार : काठमाडौं प्रेस

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

11 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

11 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले