 
                    
                    पत्रकारलाई बयानमा डाक्ने विशेष अदालतको आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण
4 महीना पहिले प्रकाशित
Esandhyakalin
 
                    
काठमाडौं, असार ११ : नेपाल पत्रकार महासंघले प्रकाशित समाचारको विषयलाई लिएर विशेष अदालतले गरेको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यही असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकमका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी सुब्बालगायतका पत्रकारविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।

समाचारलाई लिएर अदालतले प्रतिवेदन नै उठाएर पत्रकारविरुद्ध मुद्दा दर्ता भएके थियो । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अभियोग लगाएर आदेश जारी हुनु सुखद् विषय नरहेको बताएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
‘महासंघ न्यायपालिकाको काम र कर्तव्यको सदैव सम्मान गर्दछ र गर्दै आएको छ। तर, न्यापालिकाबाट भएको पछिल्लो आदेशले प्रेस स्वतन्त्रताको सवालमा प्रश्न खडा गरेको देखिन्छ। प्रकाशित समाचारमा चित्त नबुझे त्यसविरुद्ध हेर्ने सम्पूर्ण क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भएकोले त्यसमार्फत प्रक्रिया अगाडि बढाउन र सो आदेशमा पुनर्विचार गर्न महासंघ सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछ,’ महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
समाचारको विषयलाई अपराधीकरण गर्न नहुने दृष्टिकोण महासंघले राख्दै आएको पनि महासंघले स्पष्ट पारेको छ।
सञ्चारमाध्यमलाई कुनै पनि सार्वजनिक विषयमा समाचार प्रकाशनरप्रसारण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको बताउँदै विज्ञप्तिमा संविधानप्रदत्त अधिकारको उपभोग गर्दा अदालतबाट पत्रकार विरुद्ध फौजदारी अभियोग लगाइनुले प्रेसको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप हुनुका साथै प्रचलित कानुन र पत्रकारिताको लोकतान्त्रिक अभ्यास अनुकूल नभएको महासंघको बुझाइ रहेको समेत विज्ञप्तिमा जनाइएको छ।
साभार ः काठमाडौं प्रेस

 
                                                        
                                                        छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
10 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
10 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले
 
             
                
                 
                                     
                                                 
                                                -1761394050wwwwwwwwwwwwww_1761399527.jpg) 
                                                -1761282813_1761399406.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                            -1760978281_1761010541.jpg) 
                             
                            