Janakpurdham
Wed, Oct 14, 2026
`

भारतका विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका ५७ नेपाली स्वदेश फर्किए

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महेन्द्रनगर ,असार १२ गते । आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ ।भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधवार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो ।नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’ को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रूपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो ।गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकलगायतले स्वागत गरे । उद्धार गरिएकाहरूलाई बिहीबार (आज) आ-आफ्नो घर फिर्ता गराइनेछ ।

भारत पुगेका यी युवाहरूलाई विभिन्न ठाउँमा महिनौँसम्म बन्धक बनाएर अमानवीय व्यवहार गरिएको थियो। उद्धार गरिएका व्यक्तिहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४/४ जना, दाङ, स्याङ्जा, बाँकेका ३/३ जना, डोटी, ताप्लेजुङ, धादिङका २/२ जना, सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम, रुपन्देहीका १/१ जना छन् ।गत बिहीबार र आइतबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ती नेपालीहरूको उद्धार गरिएको थियो ।जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नाबालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन्। उनीहरूलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए ।

बन्धक बनाउन सक्रिय गिरोहले उद्धारका लागि भारतीय प्रहरी, किन नेपालको उद्धार टोली आउँदै गरेको सूचना पाएपछि भागेको र बाँकी बन्धक बनाइएका नेपालीहरूलाई घर सारेर राखिरहेको जोशीले बताए ।उद्धार गरिएको नेपालीहरूको टोली लिएर किन इन्डियाका निर्देशक जोशीसहितको टोली नाकामा आएको हो । भारतमा अन्य पाँच सय बढी बन्धक बनाएको डाटाहरू आफूलाई प्राप्त भएको पनि जोशीले जानकारी दिए ।किन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्‍याइने गरेको हामीले पत्ता लगाएका छौँ,’ उनले भने ।आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ ।जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरूलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।

साभार : नेपाल प्रेस

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

12 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

12 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

2 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

3 दिन पहिले