Janakpurdham
Sun, Oct 19, 2025
`

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार १४ गते । मधेश प्रदेश सरकारको आयोजनामा भएको मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता २०८२ को उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।  जनकपुरधामको अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेश र सुदूरपश्चिम प्रदेशबीच भएको फाइनलमा मधेश प्रदेशलाई ३६ अङ्कका विरुद्धमा ३७ अङ्कसहित सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।

प्रतियोगितामा समान अंक ल्याएका लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको प्रतियोगितामा विजयी भएका सुदूरपश्चिमले २५ हजार नगद, कप तथा स्वर्ण पदक प्राप्त गरेको छ ।  

द्वितीय भएका मधेश प्रदेशले नगद २० हजारसहित कप तथा रजत पदक प्राप्त गरेका छन् । तृतीय स्थान प्राप्त गरेको बागमती तथा लुम्बिनी प्रदेशले नगद १५ हजार, कप तथा कास्य पदक प्राप्त गरे ।सातै प्रदेशका खेलाडीहरू सहभागी प्रतियोगिता असार १२ गते शुरु भएको थियो ।


साभार : रेडियो नेपाल

`
12 comments
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..

काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..

4 घन्टा पहिले

तिहार आजबाट सुरु

काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..

4 घन्टा पहिले

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..

2 दिन पहिले

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..

2 दिन पहिले

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

3 दिन पहिले