राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असार १४ गते । मधेश प्रदेश सरकारको आयोजनामा भएको मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता २०८२ को उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । जनकपुरधामको अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेश र सुदूरपश्चिम प्रदेशबीच भएको फाइनलमा मधेश प्रदेशलाई ३६ अङ्कका विरुद्धमा ३७ अङ्कसहित सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।
प्रतियोगितामा समान अंक ल्याएका लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको प्रतियोगितामा विजयी भएका सुदूरपश्चिमले २५ हजार नगद, कप तथा स्वर्ण पदक प्राप्त गरेको छ ।
द्वितीय भएका मधेश प्रदेशले नगद २० हजारसहित कप तथा रजत पदक प्राप्त गरेका छन् । तृतीय स्थान प्राप्त गरेको बागमती तथा लुम्बिनी प्रदेशले नगद १५ हजार, कप तथा कास्य पदक प्राप्त गरे ।सातै प्रदेशका खेलाडीहरू सहभागी प्रतियोगिता असार १२ गते शुरु भएको थियो ।
साभार : रेडियो नेपाल

उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
12 घन्टा पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
12 घन्टा पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
2 दिन पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
3 दिन पहिले