
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुपर्ने
2 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालनको माध्यमवाट आत्मनिर्भर , व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुपर्ने आवश्यक्ता रहको छ घन्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ स्थित कुर्थामा संचालित पाँचदिने कृषि तथा पशु व्यवस्थापन तालिमको समापनका अवसरमा आज आयोजित समारोहमा उहाँले सो कुरा वताउँनुभएको हो ।
उपमेयर साहले महिलाहरुले आफनो हक तथा अधिकारका लागि घरमामात्र वसेर हुदैन त्यसका लागि समयसापेक्ष शीप तथा तालिम लिएर आत्मर्निभर तथा व्यवसायी वन्नुपर्ने विचारव्यक्त गर्नुभयो ।
सरकारी तथा गेैरसरकारी लगायत विभिन्न क्षेत्रवाट महिलाहरुलाई दिइने रोजगारमूलक तथा व्यवसायमूलक तालिमलाई व्यवहारमा उर्तान सकेमात्र तालिमले सार्थक्ता पाउने उहाँको भनाई रहेको थियो ।
जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले गुणस्तरीय मल तथा वीउको अभावले किसान पलायनको अवस्थामा पुगेको गुनासो व्यक्तगर्दे कृषिक्षेत्रको विकास तथा उत्पादकत्व वढाउनका लागि संघ ,प्रदेश र स्थानीय तहगरी तीनै तहको सरकारले गंभीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ का वडा अध्यक्ष राजनारायण साहले आफनो वडाले महिलालाई आत्म निर्भर तथा व्यवसायमूखी वनाउनका लागि विभिन्न किसिमका तालिम दिदैआएको जानकारीदिदै तालिमलाई व्यवहारमा लागू गर्नुपर्ने विचारव्यक्त गर्नुभयो ।
तालिम आयोजक संस्था कृषि तथा पशु व्यवस्थापन तालिम उपभोक्ता समिति जनकपुरधाम कुर्थाका अध्यक्ष लिलमकुमारी साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गरीवसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास तथा तालिमका प्रशिक्षकद्दय सत्यजीवन यादव तथा शिवराम रानले सो तालिमको उपयोगिता वोल्नुभएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका तथा गरीवसँग विशेश्वर कार्यक्रमको सहयोगमा सो तालिम पाँचदिन भएको समाजिक परिचालक दासले जानकारी दिनभयो । सो तालिममा २८ जना महिलाको सहभागिता थियो ।

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..
काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..
8 घन्टा पहिले
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..
8 घन्टा पहिले
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
1 दिन पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
1 दिन पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
2 दिन पहिले