Janakpurdham
Wed, Oct 14, 2026
`

छुरा प्रहार गरी ज्वाँइद्धारा ससुराको हत्या

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असार १८ गते । जनकपुरधाम उपमहानगरपालिकामा आफ्नै ज्वाँइद्धारा ससुराको हत्या भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नंं १५ रामपुर निवासी वर्ष ७५ को वासुदेव प्रसाद विमललाई उहाँकै ज्वाइँले छुरा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुयाे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नंं २१ कुर्था घर भएका ज्वाइँ बेचन महासेठले ससुराको घरमा नै पुगेर छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बेचनले घरायसी विवादका कारण ससुरा वासुदेवको हत्या गरेको पारिवारिक श्रोतको भनाई छ । छुरा प्रहारबाट गंभिर घाइते हुनुभएका वासुदेवको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार पश्चात् फरार आरोपित बेचनको खोजी कार्य भइरहेको धनुषाका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिनु भएको हो ।


साभार : रेडियो नेपाल

 

 

`
12 comments
उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

11 घन्टा पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

11 घन्टा पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

1 दिन पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

1 दिन पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले