राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्याे : नेता निधि
4 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका प्रतिनिधिहरुले अवरोध गरिरहेको आरोप लगाएका छन्।
शनिबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरुले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए।
राजर्षी विश्वविद्यायल स्थापनको प्रयास भइरहेको समयमा केन्द्रिय एमालेका नेताहरुले अवरोध नगरोस भनेर धनुषाका एमालेका प्रतिनिधिहरुले कांग्रेसलाई समर्थन गर्न काठमान्डौ पुगेको नेता निधिले जानकारी दिए।
उनले स्थापनाको समयमा धनुषाका एमालेका प्रतिनिधिहरुले सहयोग गरेको बताए । तर अब उल्टै एमालेका क्षेत्र नं.३ र ४ का प्रतिनिधिहरुलेनै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको नेता निधिले आरोप लगाएका छन्।
.jpg)
धनुषाको नगराईन नगरपालिकामासमेत एमालेका नेता तथा प्रतिनिधिहरुले बजेट पास गर्न नदिइरहेको नेता निधिले बताए मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन एमालेका नेता र प्रतिनिधिहरुले माग गरेको उनले जानकारी दिए।
सक्ता गठबन्धनमा एमाले र कांग्रेस संगै भएपनि गठबन्धनको धनुषा क्षेत्र नं.३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगेको नेता निधिको आरोप छ। सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए।
नेता निधिले धनुषाको फुलगामामा कुनै पनि हालतमा राजर्षी जनक विश्वविद्यालयको भवन बनाएरै छोड्ने जानकारी दिए। त्यसका लागि नेपाली कांग्रेसले जे गर्नुपर्छ त्यो गर्ने प्रतिवद्धता जाहेर गरे।
साभार ः काठमाडौं प्रेस

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
7 घन्टा पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
7 घन्टा पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
2 दिन पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
2 दिन पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
4 दिन पहिले