Janakpurdham
Mon, Oct 27, 2025
`

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्रभावबारे नेपाली साहित्य÷संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताएका छन्।  

शनिबार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोहमा बोल्दै उनले रिमालका गीत संगीतले एमाले र माओवादी पार्टी निर्माणमा समेत सहयोग पुर्याएको भन्दै यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका हुन्। 

‘प्रगतिशील गीत संगीतलाई मानिसको दैनिक जीवनसँग, गीतलाई केवल भावना र मायाप्रेमसँग मात्र होइन परिवर्तनसँग जोडेर काम गर्न आवश्यक छ। परिवर्तनको लागि मानिसलाई तयार गर्न गीत संगीतले कति प्रभाव पार्छ भन्ने अध्ययन नेपाली साहित्य र संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘एमाले निर्माणमा मात्र होइन माओवादी आन्दोलनको निर्माणमा पनि माओवादी आन्दोलनको प्रभाव विस्तारमा धेरै हदसम्म गीत संगीतको भूमिका छ।’ 

मन्त्री पन्तले दक्षिण एसियाको वामपन्थी आन्दोलनको महत्वपूर्ण पक्ष गीत संगीत रहेको बताए।  

उक्त कार्यक्रममा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मुलुकमा साहित्यिक क्षेत्र मर्यो भने धेरै कुरा मर्ने भन्दै आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउने खालका सिर्जना हुनुपर्ने बताए। 

 

साभार ः काठमाडौं प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

7 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

7 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले