केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उहाँकै प्रस्तावमा आउने हो : रघुवीर
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असार २२ गते । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन् ।
जनकपुरधाममा पत्रकारमाझ महासैठले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमाले चल्ने भन्दै भण्डारी आउँदा ओलीकै सहमति र प्रस्तावमा आउने जिकिर गरे ।
उनले भने, ‘पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउन खोजिरहेको कुरा राम्रो हैन । मलाई पनि विवाद ल्याउन खोजिएको छ । हामी कुनै पनि कित्तामा नभई पार्टीको कित्तामा छौं । जबसम्म हाम्रो अध्यक्षकै निर्देशअनुसार अघि बढ्छ । महाधिवेशनले गर्ने हो । केपी शर्मा ओलीज्यूलको आउने महाधिवेशनसम्म कुनै विकल्प छैन ।’
भण्डारीले सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा आउँछुमात्र भनेको भन्दै उनले ओली-विद्याबीच कित्ताकाटको हल्ला र समाचार फिँजाइएको टिप्पणी गरे ।
महासेठले भने, ‘सक्रिय राजनीतिमा आउँछुमात्र भन्नुभएको छ । तर, कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । अहिले बजार हल्ला छ अब केपी ओली र विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ । कार्यकर्ताहरू कित्ताकाट गरिरहेका छन् । मिडियामा आइरहेका कित्ताकाटका समाचारबारे कुनै सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपतिबीच कुनै अन्तरविरोध छैन । यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ ।’
संविधान र पार्टीको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा कुनै बन्देज नगरेको साथै सचिवालयमा पनि छलफल भन्दै उनले भने, ‘उहाँ आउन चाहनुहुन्छ भने किन रोक्ने ? पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । पार्टीका केही एक-दुई जना साथीहरूले अन्तरविरोध बढाउने काम गरिरहेका छन् । त्यो राम्रो हैन ।’
साभार : नेपाल प्रेस

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
18 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
18 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह