Janakpurdham
Mon, Oct 27, 2025
`

सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासंघको अपिल

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार महासंघ मधेशको आज जनकपुरधाममा बसेको चौथो बैठकले सो निर्णय गरेको प्रदेश महासचिव शैलेन्द्र क्रान्तिले जानकारी दिए ।

बैठकपछि विज्ञप्ति जारी गर्दै महासचिव क्रान्तिले पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गर्नेसहितका ६ निर्णय गरेको जानकारी दिएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘राज्यद्वारा सञ्चारमाध्यम सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तविपरीत भएकोले र यसले स्वरोजगारमूलक सञ्चारमाध्यमलाई थप संकटमा पार्नुका साथै सरकारको विचार लाद्‌ने जोखिम पैदा गर्ने भएकाले मधेश सरकारलाई उक्त कदमबाट पछि हट्न अपिल गर्ने निर्णय गरियो ।’

यस्तै मधेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीलाई आफ्नो पदीय मर्यादा ख्याल राखी प्रमाणसहित अभिव्यक्ति दिन बैठकले सुझाएको छ । उनले हालै विभिन्न सार्वजनिक मञ्चहरूमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारीहरू लक्षित गर्दै दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन ठहर गर्दै यहासंघ मधेश प्रदेशले अभिव्यक्ति सच्याउन आग्रह गर्ने निर्णय गरेको छ ।महासंघले लोककल्याणकारी विज्ञापनका माध्यमबाट स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण तथा प्रवर्द्धनका लागि बजेटको व्यवस्था गर्न मधेश सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

7 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

7 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले